back
NMB ad

अब देश हाँक्ने प्रधानमन्त्री प्रचण्डले चामल बेच्न नसक्दा…?

Kumari bank ad

काठमाडौ । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्य राजनीतिक दलहरूले पिठो बेचेर राजनीति गरे पनि माओवादी केन्द्रले भने चामल पनि बेच्न नसकेको बताएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘माओवादी नेतृत्वको सरकारले दूरगामी महत्व राख्ने र इतिहासमा मानकसिद्ध हुने काम गरेको छ, यही अवधिमा विद्युत्भार कटौतीको अन्त्य भयो, उज्यालो युगको सुरुवात भयो, वर्षौंदेखि रोकिएको १४०० किमीको हुलाकी राजमार्ग हाम्रै पालामा बन्दैछ ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारको पालामा महाकालीमा पुल निर्माण गर्ने तयारी गरिरहेको बताउँदै १४ वटा ठूला सडकसमेत निर्माण गर्ने तयारी गरिएको बताए । ‘यसै अवधिमा आर्थिक वृद्धिदर ७ दशमलव ५५ प्रतिशत पुगेको छ, मूल्य वृद्धि नियन्त्रण भएको छ, इतिहासमै पहिलोपटक सङ्घीयताको प्रयोगमार्फत सिंहदरबारको अधिकार गाउँ नगरमा पुगेको छ’ प्रधानमन्त्री प्रचण्डले भने ।

उनले दोस्रो स्थानीय तहको निर्वाचनमा एकढिक्का भएर जुट्न सांसदहरुलाई निर्देशन दिएका छन् । उनले वर्तमान सरकारले गरेका समग्र उपलब्धि र प्रगतिबारे संक्षिप्त जानकारी गराउँदै दोस्रो चरणको निर्वाचनमा पनि चुनावी तालमेलको सम्भावनाबारे सङ्केत गरे ।

प्रधानमन्त्री दाहालले स्थानीय तहको पहिलो निर्वाचन, दोस्रो निर्वाचनको तयारी, सत्ता हस्तान्तरण, मतगणनाको क्रममा भएको चितवन घटना, गणतन्त्र दिवसमा घोषणा गरिएको विभूषणलगायतका विषयमा संक्षिप्त जानकारी गराएका सांसद आशा कोइरालाले जानकारी दिए ।

साथै, दोस्रो निर्वाचनको मिति पछाडि धकेल्नु पर्नको कारण र आगामी दोस्रो चरणको निर्वाचनमा हुनसक्ने चुनावी तालमेलको सम्भावनाका बारे पनि प्रधानमन्त्री दाहालले संसदीय दललाई जानकारी गराएको उनले बताए । प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचन आफ्नो नेतृत्वको सरकारबाट हुनु र सङ्घीयता कार्यान्वयको सन्दर्भमा आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्नुलाई ठूलो उपलब्धिका रुपमा लिनुपर्नेमा जोड दिएका थिए । रासस

प्रकाशित मितिः २०७४ जेठ १७

वि.सं.२०७४ जेठ १७ बुधवार १५:४६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...