back
NMB ad

१५ वर्षमा घर छाडेर हिंडेका युवक ३७ वर्षमै खर्बपति

Kumari bank ad

सुकुम्बासीबाट खर्बपति बन्ने सपना थोरैका लागि मात्रै विपनामा परिणत हुन सक्छ । सुकुम्बासीबाट पनि खर्बपति बनिन्छ भन्ने कतिपयलाई त पत्याउनसमेत गाह्रो विषय हो । खर्बपति बन्ने कुनै सपना नदेखेका सुकुम्बासी कसरी खर्बपति बन्न सक्लान् ? सहजै पत्यार नलाग्न सक्छ । तर, एकजना भारतीय नागरिक सुकुम्बासीबाटै खर्बपति बनेका छन् ।

उनको नाम हो अम्बारिस मित्र । उनले खर्बपति बन्ने सपनामा समेत देखेका थिएनन् । तर, परिस्थितिले उनलाई आफ्नै जीवनमा खर्बपति बनाएको छ । भारतको पूर्वी राज्य झारखण्डको खानी क्षेत्र धानावादमा जन्मेका मित्र अहिले डेढ खर्बको मालिक भएका छन् ।

धानावादको मध्यमवर्गीय परिवारमा जन्मेका मित्रले १५ वर्षको उमेरमा घर छाडेर दिल्लीको सकुम्बासी बस्ती रोजे । घरमा कसैलाई थाहा नदिई उनी दिल्ली हिँडेका थिए । उनले भने ‘मैले मुम्बई जान्छु भनेर पत्रमा लेखेको थिएँ, मुम्बई मेरा लागि नयाँ स्थान थियो, जुन मैले फिल्ममा मात्रै देखेको थिएँ ।’

१५ वर्षको उमेरमा घर छाडेका मित्र अहिले ३७ वर्ष भइसकेका छन् । र, उनी सुकुम्बासीबाट झण्डै डेढ खर्बको मालिक समेत बनेका छन् ।
उनी भन्छन् ‘म आफै अचम्मित छु, मेरो सम्पत्तिमा ।’

घर छाडेसँगै उनले दिल्लीको सुकुम्बासी बस्तीमा आश्रय लिएर जागिर गर्न सुरु गरे । पहिलो जागिरका रुपमा उनलाई पत्रिका बेच्ने काम मिल्यो । तर, पत्रिका बेच्ने जागिरबाट मात्रै उनी सन्तुष्ट हुन सकेनन् । पत्रिका बेच्ने कामसँगै उनले रेष्टुरेन्टमा पनि काम गर्न थाले ।

ambaris-slum-life

एक दिन पत्रिकामा मित्रले एक विज्ञापन देखे । जसले नै उनको जीवनमा कायापलट गरिदियो । उक्त विज्ञापनमा नयाँ बिजनेश आइडिया निकाल्नेलाई १० हजार अमेरीकी डलर बराबरको रकम प्रदान गर्ने उल्लेख गरिएको थियो ।

मित्रले १५ वर्षको उमेरमा नै विजनेशको नयाँ आइडियाको जन्म दिए । जुन आइडियाका कारण उनी १० हजार अमेरीकी डलर बराबरको रकम प्राप्त गर्न सफल भए ।

महिलालाई निशुल्क इन्टरनेट प्रदान गर्ने र ज्यालामा काम लगाउने उनको बिजनेश मोडल थियो । यसै आइडियाले नै उनको जीवनमा कायापलट गराइदियो ।

रकम हात पारेसँगै उनले ओमन इन्फोलाइन खोले । जसमा अहिले १ सय २५ जना मानिसहरुले काम गरिरहेका छन् । तर, उनी यो कम्पनीमा छैनन् किनकि सन् २००० मा नै उनले यो कम्पनीबाट राजीनामा दिएका थिए ।

ambari-in-slum

इन्फोलाइनबाट कमाइ भएको पैसाले मित्र बेलायत प्रस्थान गरे । बेलायतमा टेक्नोलोजी कम्पनी खोल्ने चाहनाका साथ उनले दिल्ली छाडेका थिए । तर, सोचे र चाहे जसरी सफलता सजिलै कहाँ पो हात पर्छ र ।

‘सन् २००१ देखि २०१० सम्म मैले जे जति गरे ती सबै दुर्घटना थिए ।’ उनले भने ‘सबै आइडियाहरु राम्रा थिए, तर सफल हुन सकेनन् पैसा मात्रै खर्च भयो ।

बेलायतमा गुजारा चलाउन फेरि उनले जागिर खान थाले । बिमा कम्पनीको कामबाट उनी सन्तुष्ट हुन सकेनन् । दिनदिनै उनमा निराशा बढ्दै गयो । निराशाले उनलाई भट्टीतिर धकेल्यो ।

भट्टीमा जाने पिउने उनको दैनिकीजस्तै बन्यो । तर, पिउँदै जाँदा भट्टीमा एक दिन चमत्कार भयो त्यही चमत्कारले नै उनलाई फेरि खर्बपतिमा परिणत गरिदियो ।

उनले भने ‘म एउटा लोकल भट्टीमा बसेको थिए, र ओमार (बिलिपरका सहसंस्थापक) सँगै पिउँदै थिए ।’

बिलिपर एप्स जसका कारण मित्र खर्बपति बनेका हु्न् । उनी सुनाउँछन् ‘पिउँदा पिउँदै १५ पाउण्डको पिइसकिएछ, मैले पैसा तिर्न बारमा पैसा राखे र नोटमा देखिएकी इलिजाबेथको तस्वीर हेरेर जोक गर्दै भने – यदि यो नोटबाट इलिजाबेथ फुत्त बाहिर आइन् भने ?’ उनको यो जोक थियो, तर यही जोकबाटै बिलिपरको जन्म भयो ।

ambaris

यही जोकलाई व्यवहारमा परिणत गर्न ओमार र उनी कस्सिए । र, एक एपको निर्माण नै गरे । उनीहरुले निर्माण गरेको एपले सम्पूर्ण वस्तुहरुको तस्विरको आधारमा विभिन्न जानकारीहरु प्रदान गर्ने गर्दछ ।

सन् २०११ मा लञ्च गरिएको यो एपले मोबाइल फोनमा रहेको क्यामेराको सहायतामा एनिमेसन पनि निर्माण गर्दछ । यसमा अहिले विश्वविख्यात ब्रान्डका साथै भारतका कैयन स्कुलहरु समेत जोडिएका छन् ।

मोबाइलमा भएको क्यामेराको आधारमा बिलिपरले क्यामेरा अघि रहेको बस्तुको जानकारी प्रदान गर्ने गर्दछ ।

विश्वविख्यात कम्पनी कोकाकोला र युनिलिभरले आफ्नो बारेमा यो एपमा थुप्रै जानकारी राखेका छन् । कोकको क्यान देखाएपछि यसले कोकका बारेमा जानकारी दिन्छ । साथै कोकको क्यान देखाएपछि जुक बक्सबाट गीतसमेत बजाउन सकिन्छ ।

अहिले बिलिपरका प्रयोगकर्ता ६ करोड ५० लाख छन् भने यसका प्रयोगकर्ता १ सय ७० देशमा रहेका छन् । बिलिपरकोे न्युयोर्क, सान फ्रान्सिस्को लण्डन र दिल्लीमा गरी १२ स्थानमा कार्यालय रहेको मित्र बताउँछन् ।

वि.सं.२०७३ माघ २ आइतवार ११:४४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...