back
NMB ad

अंग्रेजी नयाँ वर्ष नेपालमै मनाऔं भन्दै पोखराको लेकसाईडमा सडक महोत्सव…

Kumari bank ad

पोखरा । रेस्टुराँ एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्ष २०१७ को स्वागत र पुरानोको बिदाइका लागि आगामी पुस १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा ‘पोखरा सडक महोत्सव’ गरिने भएको छ ।

महोत्सवको जानकारी गराउन रेवान पोखराद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महोत्सवका संयोजक गोपीबहादुर भट्टराईले प्रत्येक वर्ष एकै समय र अवधिका लागि गर्दै आइएको ‘सडकमै खाउँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने मूलनारासहित यसपटक १८ औँ सडक महोत्सव गरिन लागिएको जानकारी दिए ।

पोखरा सडक महोत्सव गर्नु अघि अङ्ग्रेजी नयाँ वर्ष मनाउन धेरै नेपाली नागरिक विदेश जाने प्रचलन रहेको बताउँदै उनले महोत्सव सञ्चालनसँगै नेपाली नागरिक पोखरामा नयाँ वर्ष मनाउन थाल्नुका साथै यसले विदेशी पर्यटकलाई समेत आकर्षित गर्दै गएको बताए ।

महोत्सवलाई भव्य र सभ्य बनाउने लक्ष्यका साथ आवश्यक तयारी सुरु गरिएको बताउँदै उनले महोत्सवमा आउने पर्यटकले विभिन्न परिकारको स्वाद लिँदै सांस्कृतिक एवम् मनोरञ्जनात्मक प्रस्तुति अवलोकन गर्न पाउने जानकारी दिए ।

रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले पर्यटकीयस्थल लेकसाइडलाई पूरै समेटेर सहिदचोकदेखि खहरेडिहिको पाटनसम्म करिब साढे तीन किलोमिटर क्षेत्रमा महोत्सव सञ्चालन गरिने जानकारी दिए ।

आन्तरिक एवम् बाह्य पर्यटकलाई आकर्षण गर्दै पोखरालाई अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यस्थलका रुपमा विकास गराउन महोत्सव सफल बन्ने विश्वास लिइएको छ ।

प्रकाशित मितिः २०७३ मंसिर १४

वि.सं.२०७३ मंसिर १४ मंगलवार १४:४० मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...