back
NMB ad

सक्रिय राजनीति गर्ने एक दर्जन बढी शिक्षक बर्खास्त

Kumari bank ad

गुल्मी । शिक्षण पेशामा आबद्ध रहँदै सक्रिय राजनीति गर्ने गुल्मीका १३ शिक्षक कारबाहीमा परेका छन् । तीमध्ये ५ जनालाई बर्खास्त नै गरिएको छ । म्याग्दीका जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालले १३ शिक्षकहरुलाई कारबाही गरिएको र तीमध्ये ५ जनालाई निश्कासन तथा बाँकीलाई उनीहरुको गल्तिको आधारमा सजायँ तोकिएको जानकारी दिए ।

निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै गुल्मीका केही शिक्षकहरु आ-आफ्नो राजनैतिक दलको चुनावी प्रचार अभियानमा पुगेर भाषण गरीरहेको गुनासो बढेपछि जिल्ला शिक्षा कार्यालयले कारबाही सुरु गरेको हो ।

जिशिअ खनालले भने ‘हामीले बिभिन्न उजुरी भिडियोहरुको आधारमा कारवाही गरेका छौं, उनीहरुको नाम ठेगाना केहि दिनमै सार्वजनिक गरिनेछ ।’

शिक्षकहरुलाई राजनीति गर्ने भए जागिर छोड्न निर्देशन दिएपछि राजनीतिक दलहरुबाट आफूलाई ठूलो दवाव आएको समेत जिशिअले खुलासा गरे ।

जनताको करबाट तलव खाने शिक्षकहरुले चुनावी सभामा भाषण छाँट्दै विद्यार्थीहरुको पढाईमा बाध पुर्‍याए विद्यार्थी संगठन र जनस्तरबाट समेत दवाव दिइनुपर्ने अनेरास्ववियु गुल्मीका संयोजक राजेन्ऽविक्रम कुँवरले बताए ।

सरकारी शिक्षकहरुले भाषण गरेको स(प्रमण उजुरी परे कारबाही गरिने जिशिअ खनालले बताए ।

उनका अनुसार निर्वाचन आचारसंहितामा सरकारी शिक्षकले चुनावी सभामा भाषण गर्न पाइँदैन । शिक्षकहरुले सक्रिय राजनीति तथा चुनावी सभामा भाषण गरेको पाइए वा प्रमाणित भए डेढदेखि २ लाखसम्म जरिवाना हुने नियम छ ।

१८ चैत २०७३, अनलाईनखबर, ११।००

वि.सं.२०७३ चैत १८ शुक्रवार १२:२३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...