back
NMB ad

टेलिकमले देशैभर सार्वजनिक यातायातमा निशुल्क इन्टरनेट सेवा सुरु गर्दै

Kumari bank ad

काठमाडौ। नेपाल टेलिकमले सार्वजनिक यातायातमा इन्टरनेट सेवा सुरु गर्ने भएको छ। टेलिकमले साइबरनेटिक्सको सहकार्यमा सार्वजनिक सवारी साधनमा एनटी बस इन्टरनेट सेवा संचालन गर्न लागेको हो।

मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा यात्रुले इन्टरनेट सेवा सहज रुपले प्रयोगमा ल्याउने उदेश्यसहित दुबै संस्थाबीच सम्झौंता भएको हो। सम्झौता पत्रमा टेलिकमको तर्फबाट प्रमुख व्यवसायिक अधिकृत प्रदीपराज उपाध्याय र साइबरनेटीक्स प्रालिका तर्फबाट अध्यक्ष जेम्स न्याछ्योंले हस्ताक्षर गरे।

कार्यक्रममा कम्पनीका कर्पोरेट तथा व्यवसायिक रणनीति विभागका प्रबन्धक प्रतिभा वैद्यले यो सहकार्यबाट यात्रुहरुले वाइफाइ मार्फत निःशुल्क इन्टरनेट, भिडियो लगायत मल्टिमिडिया सेवा प्रयोग गर्न सक्ने बतार्इन्।

यो सेवा मुलुकका ७५ वटै जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधनहरुमा प्रयोग गर्न सकिने छ। यो डब्लुसिडीएमए वा सिडीएमए प्रविधिबाट सञ्चालन हुने भएकोले टेलिकमको सिडिएमए नेटवर्क भएको जुनसुकै ठाँउमा पनि यो सेवा लिन सकिन्छ। यसका लागि बस कम्पनीले साइवरनेटिक्ससँग सम्पर्क गरी सुविधा लिनसक्ने टेलिकमले जनायो।

यो सेवाबाट बस, माइक्रोबस, कार लगायतका सवारी साधनमा यात्रा गर्दा सरल र सुलभ तरिकाले इन्टरनेट चलाउन सकिनेछ। यो सेवाबाट यात्रुहरुले आफ्नो स्मार्टफोन, ल्यापटप, ट्याबलेट लगायतका डिभाइसमा वार्इफार्इ कनेक्ट गरी इन्टरनेट चलाउन सक्नेछन्।

एनटी बस इन्टरनेट डिभाइसको आफ्नै इन्टरनल स्टोरेज हुने भएकोले अफलाइनमा पनि फिल्म, भिडियो, गीतहरु सुन्न र हेर्नुको साथसाथै गेम एवं एप्सहरु पनि निःशुल्क डाउनलोड गर्न सकिने टेलिकमले जनाएको छ।

सवारी साधन समेत जिपिएस प्रविधि मार्फत कुनै पनि क्षण कार्यालयबाट नै पत्ता लगाउन सकिनेछ। यो सेवा शुरु गर्ने सवारी साधनलाई एकपटकको लागि निःशुल्क रिम कार्ड सहित १० जिबी डाटा नेपाल टेलिकमले उपलब्ध गराउनेछ।

प्रकाशित मितिः २०७४ असार १२

वि.सं.२०७४ असार १२ सोमवार १६:३८ मा प्रकाशित

You can share this post!

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:५५

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच...

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४८

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना...

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...