back
NMB ad

अन्तर्राष्ट्रियस्तरमा पर्यटन प्रबर्द्धन गर्न ४० करोड खर्चिने

Kumari bank ad

पोखरा । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन आगामी आव २०७३/७४ मा प्राथमिकता दिने भएको छ ।

पर्यटन बोर्डको आगामी आवको बजेट सम्बन्धमा बोर्डद्वारा आज पोखरामा आयोजित अन्तरक्रियामा नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्रप्रसाद सापकोटाले अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटनलाई अघि बढाउने कार्ययोजना अघि बढाइएको बताए ।

बोर्डले आगामी आवमा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धनका लागि लगभग रु ४० करोड खर्चिने पूर्वअनुमान गरेको सापकोटाले जानकारी दिए ।
आगामी आवमा क्षेत्रगत रुपमा मित्रराष्ट्र चीन र भारतबाट अधिकतम सङ्ख्यामा पर्यटक नेपालमा भित्र्याउन प्रवद्र्धनात्मक कार्यक्रमका लागि रु तीन/तीन करोड बजेट छुट्याउने तयारी गरिएको सापकोटाले बताए ।

सापकोटाका अनुसार आगामी आवका लागि बोर्डको कुल बजेट लगभग रु ९० करोड हुने अनुमान गरिएको छ ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन बोर्ड काठमाडौँमा मात्र सीमित नरहने र आगामी आवमा देशका प्रत्येक पर्यटकीय स्थलको विकास एवम् त्यहाँको प्रवद्र्धनका लागि क्रियाशील हुने बताए ।

अन्तक्र्रियामा पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले पोखरालाई पर्यटनको राजधानी भन्ने गरिएको बताउँदै यहाँको पर्यटकीय पूर्वाधारको विकास, पर्यटन प्रवद्र्धनलाई राज्यले उच्च प्राथमिकता दिनुपर्ने धारणा ब्यक्त गरे ।

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य विश्वशङ्कर पालिखेले पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय गन्तव्यको राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउनुपर्ने बताए ।

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले भूकम्पपश्चात् पर्यटकीय सम्पदा एवम् क्षेत्र सुरक्षित एवम् अझै राम्रो अवस्थामा छन् भन्ने सन्देशलाई व्यापक बनाउनु आवश्यक रहेको उल्लेख गरे ।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टाईले नेपाल पर्याप्त पर्यटकीय सम्भावना बोकेको देश भएका कारण यस क्षेत्रको विकासका लागि राज्यको उच्च प्राथमिकता हुनुपर्नेमा जोड दिए ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल पश्चिमाञ्चल सङ्घका अध्यक्ष रामचन्द्र शर्माले पर्वतीय र पदयात्रा पर्यटन नेपालको पर्यटनको विशिष्टता भएको बताउँदै नयाँ एवम् वैकल्पिक पदमार्गको खोजी एवम् विस्तार आवश्यक रहेको उल्लेख गरे ।

२५ जेठ २०७३ / ९:००

वि.सं.२०७३ जेठ २५ मंगलवार ०९:१२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...