back
NMB ad

ट्राभल नेपालले ल्यायो रेष्टुरेण्ट र शौचालयको सुविधा भएको बस

Kumari bank ad
काठमाण्डौं । ट्राभल नेपाल बस सर्भिसले नेपाली तथा विदेशी पर्यटकलाई लक्षित गर्दै काठमाडौंदेखि पोखरा तथा लुम्बिनीसम्म अत्याधुनिक बस सेवा संचालनमा ल्याएको छ।
‘उमङ्गको अनुभुति’ भन्ने नाराका साथ आरामदायी र एयर कण्डिसनयुक्त नयाँ पर्यटक बसहरुको सेवा सञ्चालन शुभारम्भ गरिएको कम्पनीले जनाएको छ। सत्ताइस सिट क्षमता भएको उक्त बस चढ्नेले काठमाडौँ–पोखराका लागि १७ अमेरिकन डलर र काठमाडौँ–लुम्बिनीका लागि २५ अमेरिकन डलर भाडा तिर्नुपर्ने छ।
यात्रुको चाहना, सुरक्षा र सुविधालाई ध्यानमा राखी काठमाडौँदेखि लुम्बिनी र काठमाडौँदेखि पोखरासम्मका लागि हाल चारवटा बस सञ्चालनमा ल्याइएको कम्पनीका सञ्चालक दीपक भट्टराईले जानकारी  दिए। उनले यात्रुको चाहना हेरेर छिट्टै पाँचवटा बस थपिने समेत बताए।
कस्तो छ बस ? 
यो बस भारतको टाटा मोटर्स एमसीभी सेगमेन्टको नयाँ मोडल हो। ११ मिटर लामो यो बस डजेल इन्जिनमा छ। १३३ हर्ष पावरको इन्जिन भएको यस वाईड बडी बस, एयर सस्पेन्सन अनि २८ रिक्लाइनिङ थाई रेष्ट सिटहरुमा फोल्डेबल टेबल (ट्रे) जडीत छ।
४९० न्युटन मिटरको टर्क, २५३ मिलि मिटरको क्लचप्लेट र जी ६०० गियर बक्स जस्ता विशेषताले अप्ठ्यारा, पहाडी क्षेत्रमा पनि  सहज रुपले बसले भार बहन गर्ने क्षमता रहेको निर्माता टाटाको भनाई छ।
बसको भित्री भागमा काठले बनाइएका सामानहरुको प्रयोग गरिएको छ जुन अति आकर्षक देखिन्छ। बस भित्रै वासरुमको सुविधा पनि छ। धुम्रपानको बानी भएका यात्रुहरुको लागि छुट्टै ठाउँको व्यबस्था पनि बस भित्रै रहेको  छ।
 साथै यात्रुहरुलाई चिसो तातो पेय पदार्थ र खानेकुराको व्यबस्था पनि  बसभित्रै रहेको छ। सुविधासँग खान  र पिउनको लागि हरेक सिटमा फोल्डेबल टेबल (ट्रे) जडीत छ र आरामदायी तथा सुविधायुक्त यात्राको लागि ‘रिक्लाइनिङ थाई रेष्ट’ सिटहरु रहेका छन्।
नयाँ बसको यात्रा गर्न चाहने यात्रुले मोबाइल एप्सको प्रयोग गरेर आफ्नो गन्तब्यको टिकट बुक गर्न सक्ने ट्राभल नेपालले जनाएको छ। टिकट बुकिङ्गको लागि मोबाइल एप्सको सुविधा ई–सेवा नेपालले उपलब्ध गराउने छ ।
निकट भविष्यमा नै थप ५ वटा नयाँ बसहरुले नेपाल अधिराज्यभरिका एवं अधिराज्य बाहिरका विभिन्न पर्यटकीय गन्तब्यहरुमा पनि सुविधा सम्पन्न र आरामदायी पर्यटक बसहरुको सेवा विस्तार गर्ने योजनामा कम्पनी रहेको ट्राभल नेपाल बस सर्भिसको भनाइ छ।

३० चैत २०७३, सेतोपाटी, ७।००

वि.सं.२०७३ चैत ३० बुधवार ०७:४० मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...