back
NMB ad

स्वच्छ र मर्यादित निर्वाचन गराउन एमालेको ध्यानाकर्षण

Kumari bank ad

काठमाडौँ । नेकपा (एमाले) ले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउनका लागि सरकारलाई ध्यानाकर्षण गराएको छ ।

निर्वाचन परिचालन कमिटीका सदस्य मुकुन्द न्यौपाने, अग्नि खरेल, बिन्दा पाण्डे, युवराज कार्की र रमेश बडालसहितको टोलीले मुख्य सचिव, गृहसचिव र तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग सुरक्षा चूनौतीका बारेमा छुट्टाछुट्टै छलफल गरी निर्वाचनमा सम्भावित धाँधलीप्रति ध्यानाकर्षण गराएको हो ।

निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले हालै सरकारले आचार संहिताविपरीत प्रहरी र प्रशासनका प्रमुखहरूको सरुवा र हेरफेर गरेको बारेमा प्रश्न गरिएको र त्यसले स्वच्छ निर्वाचनलाई पार्न सक्ने असरका बारेमा ध्यानाकर्षण गराउँदै आचारसंहिताविपरीत काम नगर्नका लागि सचेत गराइएको जानकारी दिनुभयो ।

कमिटीले सञ्चारमाध्यममा दोलखामा नेपाली कांगे्रस र विप्लव नेतृत्वको नेकपासित गोप्य बैठक भएको समाचारप्रति ध्यानाकर्षण गराउँदै सरकारको जवाफको माग गरेको छ । उम्मेद्वार, मतदाता र मतपेटिका सुरक्षाको विषयमा पार्टी गम्भीर रहेको र निर्वाचन स्वच्छ र भयरहित वातावरणमा होस् भन्ने माग एमालले गरेको छ ।

यसैबीच आजै निर्वाचन परिचालन कमिटीका सदस्य अग्नि खरेलको नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्तसित भेटघाट गरी स्वच्छ निर्वाचन र प्रहरी प्रशासनलाई प्रयोग गरी हुनसक्ने लक्षित धाँधलीप्रति आयोगको ध्यानाकर्षण गराएको छ ।

संवेदनशील निर्वाचन क्षेत्रबाट मतपेटिका मतगणनास्थलमा ल्याउँदा कानुनबमोजिम उमेदवारको प्रतिनिधि रहन पाउनुपर्ने व्यवस्थाका लागि समेत आयोगको ध्यानाकर्षण गराएको प्रवक्ता रिमालले जानकारी दिनुभयो ।
७ मंसिर (रासस)

वि.सं.२०७४ मंसिर ७ बिहीवार २२:१० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...