back
NMB ad

जिका भाइरसको प्रकोपले रद्द होला ओलम्पिक ?

Kumari bank ad

वासिङ्टन। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) प्रमुख मार्गरेट चाङले विज्ञहरुको समूहलाई ब्राजिल पठाई ब्राजिलको रियो द जेनरियोमा गृष्मकालीन ओलम्पिक गर्न सकिने अवस्था भए नभएको बारे अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएकी छिन् ।

जिका भाइरसप्रति संवेदनशील बन्दै गृष्मकालीन ओलम्पिक खेलको समय वा स्थान परिवर्तन गर्न १५० चिकित्सक सहित केही वैज्ञानिक तथा विश्व समुदायबाट व्यक्त चासोलाई मध्यनजर गर्दै उक्त टेलीलाई ब्राजिल पठाइएको हो ।

जिका भाइरसबाट बढी प्रभावित ब्राजिलको दोस्रो सहरमा खेलको आयोजना गर्नु गैरजिम्मेवार र अविवेकी निर्णय हुने जनाउँदै विश्वभरका १५० जना डाक्टर, वैज्ञानिक तथा अनुसन्धाताद्वारा हस्ताक्षरित डब्लूएचओलाई सम्बोधन गरिएको खुला पत्रमा मे २७ गते आगामी अगस्टमा ब्राजिलको रियो दि जेनेरियोमा हुने भनिएको ओलम्पिक खेललाई स्थानान्तरण गरिनुपर्ने वा समयमा परिवर्तन गर्न अनुरोध गरेका थिए ।

उनीहरूले रियो ओलम्पिक स्थानान्तरण नगरिएमा यसबाट अहिलेसम्म जिका भाइरसबाट प्रभावित नबनेका अफ्रिका तथा दक्षिण एसियाली मुलुकका गरिब जनतालाई असर गर्ने जनाएका थिए ।

डब्लुएचओले वरिष्ठ वैज्ञानिक तथा चिकित्सकको टोलीलाई यसअघि चारपटक अध्ययनका लागि त्यहाँ पठाइएको छ । उनीहरुको अध्ययनले जिका भाइरसका कारण ओलम्पिकको समय वा स्थान सार्नुपर्ने आवश्यकता नदेखिएको बताएका थिए ।

२४ जेठ २०७३, १२।३०

वि.सं.२०७३ जेठ २४ सोमवार १४:१९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...