back
SKIP
prime bank ad

अघोषित नाकाबन्दीले नेपाल भारत सम्बन्धमा चिसोपन : गगन थापा

Kumari bank ad

नेपाली कांग्रेसका युवा नेता गगन थापाले संविधान निमार्णमा भारतले प्रत्यक्ष प्रभाव जमाउन नसकेपछि लगाएको अघोषित नाकाबन्दीले नेपाल भारत सम्बन्धमा चिसोपन देखिएको बताएका छन्।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उनले मधेशमा भएको आन्दोलनलाई अघि सारेर सुरक्षाको अवस्था देखाउँदै जसरी अघोषित नाकाबन्दी गरेको छ त्यसले नेपाल भारतको सम्बन्धलाई दिर्घकालिन असर पारेको बताए।

थापाले संविधान निमार्णको समयमा भारतले आफ्नो दूत पठाएर हस्तक्षेप गर्नेदेखि पछि देशको सार्वभौमिकताको रक्षाका लागि ९० प्रतिशतको सहमतीले संविधान जारी गरिएको र आफ्नो प्रभाव देख्न नसकेपछि मधेश आन्दोलनको बहानामा भारत नाकाबन्दीसम्मको गतिविधिमा उत्रनु अन्तर्राष्ट्रिय मापदण्ड बिपरित भएको बए।

उनले भने, ‘नेपाल जस्तो भुपरिबेष्ठित देशमा जसरी सुरक्षाको अवस्था भन्दै नाकाबन्दी गरेको छ यो गलत छ। घोषित अघोषित कुनै पनि नाकाबन्दी गर्न नपाउने भन्दै विभिन्न अन्तर्राष्ट्रिय कानुनको अभावका कारण नेपाल अन्तर्राष्ट्रिय अदालतमा जान सक्दैन।’

उनले नेपालभित्र उठेका समस्याको समाधान नेपालीले नै गर्ने हो जसकारण भ्रामक विषयहरु जनतामाझ लगेर मधेशलाई अन्धकारमा नराख्न र काठमाडौंलाई दबाव दिएर मधेश आन्दोलनका नाममा नाकाबन्दी गर्न छाडेर तत्काल वार्तामा आउ आन्दोलनरत पक्षलाई आग्रह गरे।

‘संविधानमा केही संशोधन गरी समस्या समाधान गर्न सकिन्छ। मधेशका नेताहरुले तत्काल आन्दोलन त्यागेर संशोधनको प्रक्रिया समेत जारी राख्न सरकलाई आग्रह गर्छु,’ उनको टिप्पणी थियो।

थापाले विगतका दिनमा नेपालका नेताहरुले भारतका नेताहरुसँग कोठे सम्बन्ध गाँस्दै आफ्नो लाभको लागि उपयोग गर्ने गरेता पनि त्यस्ता सम्बन्धले कुनै काम गर्न नसकेको स्पष्ट भईसकेकाले अबका दिनमा राष्ट्रिय हितलाई ध्यान दिएर स्वार्थ केन्द्रित सम्बन्ध त्याग्न राजनीतिक दलका नेताहरु अग्रसर बन्नु पर्नेमा जोड दिए।

उनले नेपाल सरकारको योजना कति कम्जोर छ भन्ने विषय यो नाकाबन्दीले प्रष्ट परिसकेको भन्दै नेपाललाई परनिर्भर देशको रूपमा अगाडि लाने हो या दिर्घकालिन सोचलाई कार्यान्वयन गर्ने संकल्पका साथ अव एक जुट भएर आत्मनिर्भर भएर अगाडि बढ्ने हो भन्ने नीति निर्माताहरुले सोच्ने बेला आएको उनले बताए।

थापाले उत्तरतर्फको नाका खोल्ने विषयमा सरकारले पहल गरिरहेको र केहि दिनमै उत्तरतर्फको नाका खुल्ने बताउँदै उनले भने, ‘नेपाल आत्म निर्भर बन्न नसके दक्षिण मात्र नभए उत्तर तर्फले समेत कुनै पनि बेला नाकाबन्दी गरे पाँच दिन पनि नेपाली बाँच्न नसक्ने अवस्था देखिएकाले दुबै छिमेकीसँग सुमधुर सम्बन्ध गाँस्दै आत्मनिर्भर तर्फ अग्रसर बन्नु पर्छ।’

वि.सं.२०७२ असोज १४ बिहीवार १६:५८ मा प्रकाशित

You can share this post!

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य   

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य   

वि.सं.२०८० असोज ११ बिहीवार २०:५०

गण्डकी, ११ असोज : गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको...

भोली शुक्रबार सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय

भोली शुक्रबार सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय

वि.सं.२०८० असोज ११ बिहीवार २०:४६

विराटनगर, ११ असोज । कोशी प्रदेश सरकारले भोली असोज १२...

चार महिनापछि सौर्य सिमेन्टको चुनढुङ्गा ढुवानी गर्ने तयारी   

चार महिनापछि सौर्य सिमेन्टको चुनढुङ्गा ढुवानी गर्ने तयारी   

वि.सं.२०८० असोज ११ बिहीवार २०:३७

कटारी (उदयपुर), ११ असोज : उदयपुरको कटारी–८ स्थित आहालेको खानीबाट...

विद्यार्थीमा स्क्रब टाइफस देखिएपछि दुई दिन  विद्यालय बन्द   

विद्यार्थीमा स्क्रब टाइफस देखिएपछि दुई दिन विद्यालय बन्द   

वि.सं.२०८० असोज ११ बिहीवार २०:२६

वालिङ (स्याङ्जा), ११ असोज : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ मा रहेको...

ग्लोबल आइएमई बैंकको ६६औँ एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौंडामा

ग्लोबल आइएमई बैंकको ६६औँ एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौंडामा

वि.सं.२०८० असोज ११ बिहीवार २०:२२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गुल्मी जिल्लाकोे मुसीकोट नगरपालिका...

नेपाली युवा प्रज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

नेपाली युवा प्रज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

वि.सं.२०८० असोज ११ बिहीवार २०:१५

काठमाडौं । नेपाली युवा प्रज्वल ताम्राकारलाई १५औं मिस्टर इन्टरनेशनल २०२३...