
काठमाडौँ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी चन्द्रागिरी कमिटि द्वारा आयोजित चन्द्रागिरी नगरपालिका स्तरीय पहिलो डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधी कालिकास्थानका रामशरण के सि र लोकेस्वर बखतिको जोडीले मुनाल क्लबका सिबु महत र बिजय शर्माको जोडीलाई पराजित गरि नगद २० हजार सहित ट्रफि हात पार्न सफल भएको छ ।
सहरी बिकास राज्यमन्त्री मन्जुकुमारी चौधरीको प्रमुख आतिथ्यमा सप्पन्न खेलमा दोस्रो हुने टीमले ट्रफि सहित नगद १० हजार हात पारेको थियो । ३२ टिम सहभागी प्रतियोगिताको समापन अबसर पारेर पुर्ब राष्ट्रिय फुटबल खेलाडी रमेश बुढाथाेकिलाई नगद पाँच हजार सहित चन्द्रागिरी रत्न, राष्ट्रिय भलिबल खेलाडी प्रतिभा मालिलाइ नगद तीन हजार सहित चन्द्रागिरी प्रेरणा पदक र राष्ट्रिय बक्सिङ खेलाडी दिपक महर्जनलाई नगद चार हजार सहित चन्द्रागिरी गौरब पदकबाट सम्मानित गरिएको थियो ।
चन्द्रागिरी नगरपालिकाबाट प्रतिनिधित्व गर्दै खेलकुद क्षेत्रमा राष्ट्रिय अन्तराष्ट्रिय प्रतियोगितामा सफल हुने खेलाडीलाई प्रत्येक बर्ष यो सम्मान दिंदै आएको छ ।
वि.सं.२०७२ माघ ९ शनिवार २०:२४ मा प्रकाशित