काठमाडौ । नेपाल ट्रेकिङ–ट्राभल–र्याफ्टिङ–एयरलाईन्स मजदुर यूनियन (युनिट्राभ) अन्तर्गत रहेको हिमालयन इन्काउन्टर्सको अध्यक्षमा पुनः भिमबहादुर तामाङ चयन भएका छन् ।
शनिबार सम्पन्न चौथो अबिधेशनले उपाध्यक्षमा प्रेमबहादुर तामाङ, सचिवमा रामबहादुर फुयाल, सहसचिवमा दिनेश केसी, कोषाध्यक्षमा शुसील पाऊ र सहकोषाध्यक्षमा सन्तोष कार्की चयन भएको हो । सदस्यहरुमा शुबर्ण गुरुङ, दिपक राई, बिपिन तिवारी, प्रेम कार्की, अरुण श्रेष्ठ,बिमल कुमार ढुङगेल र चित्र फुयाल चयन भएका छन् ।
नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) अन्तर्गतको उक्त संस्थाको उद्घाटन जिफन्ट सचिव दीपक पौडेलले गरेका थिए । कार्यक्रममा युनिट्राभ महासचिव सुमन पराजुलीले बिधिको शासन अन्तर्गत रहेर, ऐन नियम र कानुनको परिधिमा रहि काम गर्न प्रतिष्ठान अन्तर्गतका सदस्यहरुलाई निर्देशन दिएका थिए ।
कार्यक्रममा अतिथि एवं व्यवस्थापक बलराम श्रेष्ठले श्रम ऐनअनुसार सरकारले बढाएको मजदुरको तलब बढाउन तयार रहेको बताएका थिए । माघ महिना बाट लागु हुने गरि सरकारले मजदुरको तलबमा १७ सयले वृद्धि गराउने भएको छ । यसमा सरकार, रोजगारदाता र श्रमिकबीच सहमति भईसकेको छ ।
१६ माघ २०७२
वि.सं.२०७२ माघ १६ शनिवार १५:२१ मा प्रकाशित