
काठमाण्डौं । प्राइम कमर्शियल बैंकलाई बेलायतको अक्सफोर्ड अन्तरगतको यूरोप विजनेश एसेम्बली ९इबीए०ले यस वर्षको एशिया प्रसान्त क्षेत्रको उत्कृष्ट बैंकको रुपमा छनौट गर्दै २०१६ को प्रेस्टिजिएस इन्टरनेशनल अवार्ड प्रदान गरेको छ ।
अक्सफोर्ड अन्तरगत सन् २००० मा स्थापना भएको यूरोप विजनेश एसेम्ब्लीले समाजलाई आर्थिक, बैज्ञानिक, सामाजिक र सास्कृतिक रुपमा विकास गर्न सहयोग पुर्याउने संस्थालाई उक्त अवार्ड दिँदै आएको छ । बैंकले उत्कृष्ट व्यवस्थापन, कर्मचारीलाई राम्रो सेवा सुविधा तथा सेवाग्राहीलाई राम्रो सेवा प्रदान गरे वापत उक्त अवार्ड दिइएको इबीले जनाएको छ ।
इबीएले प्राइम कमर्शियल बैंककै प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धरलाई यस वर्षको उत्कृष्ट म्याजेनर अवार्ड प्रदान गरेको छ । मार्च २२ मा बेलायतमा विशेष कार्यक्रम गरी उक्त अवार्ड वितरण गरिँदैछ ।
माघ १७, २०७२/४.००
वि.सं.२०७२ माघ १७ आइतवार १६:२६ मा प्रकाशित