back
Kumari Bank

राष्ट्रिय औद्योगिक प्रदर्शनी, एक लाख दर्शकले अवलोकन गरे

Nepal Bank

चितवन । ‘दीगो आर्थिक विकासको लागि औद्योगिक प्रवद्र्धन’ भन्ने मुल नाराका साथ संचालन भएको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७२ आज (आईतबार)देखि सकिएको छ ।

चितवन उद्योग संघको आयोजनामा भएको प्रदर्शनीको व्यवस्थापिका सांसद एवंम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा समापन भएको हो । कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा सांसद पाण्डेले अबको राष्ट्रियता भनेकै अर्थतन्त्र भएको भन्दै अब यसलाई बलियो बनाउनुपर्ने बताए । उनले चितवनमा औद्योगिक प्रदर्शनी स्थल बनाउनका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता जनाए ।

सात दिन सम्म चलेको प्रदर्शनीमा एक लाख दर्शकले अवलोकन गर्नुको साथै करिव अप्रत्यक्ष रुपमा १५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको आर्थिक समितिका संयोजक भेषराज दुवाडीले जानकारी दिए । प्रदर्शनीमा रहेको स्याण्डवीजको घर, फर्निचर, औद्योगिक सोलारलगायतको विशेषगरि कारोबार भएको थियो ।

यसपटक प्रदर्शनीलाई विशुद्ध औद्योगिक प्रदर्शनीको रुपमा अगाडि बढाईएकोले दर्शकहरुले सातै दिन निकै चासोका साथ प्रदर्शनीको अवलोकन गरेका थिए । यसपटक धुलो धुवाँरहितका स्टल निर्माण गरिएका थिए । प्रदर्शनीमा विभिन्न प्रकारका गरि करिव २०० स्टलहरु रहेका थिए ।

प्रदर्शनीमा विशेषगरि उत्पादनमुलक उद्योग परिसर, निर्माणजन्य उद्योग परिसर, कृषिजन्य उद्योग परिसर, सेवा/प्रविधिजन्य उद्योग परिसर, विविध व्यापारीक परिसर रहेका थिए । यी सबै परिसरमा दर्शकहरुले उत्साहजनक रुपमा अवलोकन गरेको प्रचार–प्रसार समितिका संयोजक मदन घिमिरेले जानकारी दिए ।

प्रदर्शनी अवधिभरमा विविध साँस्कृतिक कार्यक्रमहरु समेत भएका थिए । यस्तै राष्ट्रिय औद्योगिक प्रदर्शनी डान्सिङ स्टार–२०७२ दिप्ती गुरुङ बन्न सफल भएकी छिन् । यस्तै दोस्रो मनिषा परियार र तेस्रो सुनिता बुर्लाकोटी भईन् ।

डान्सिङ स्टारको उपाधि जित्नेले नगद २५ हजार रुपैयाँ, द्धितिय हुनेले नगद १५ हजार रुपैयाँ र तृतीय हुनेले नगद १० हजार रुपैयाँ पुरस्कार पाएको पुरस्कारको व्यवस्था गरिएको कला तथा साँस्कृतिक समितिका संयोजक लक्ष्मण अर्यालले जानकारी दिए ।

समापन समारोहमा नेकपा एमालेका सचिव तेजेन्द्र खड्का, एकीकृत नेकपा माओवादीका जिल्ला सदस्य बाबुराम खरेल, राप्रपा नेपालका जिल्ला अध्यक्ष बद्री तिमिल्सिना, जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेल, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

चितवन उद्योग संघका महासचिव सूर्य न्यौपानेले स्वागत मन्तव्य व्यक्त र उपाध्यक्ष त्रिलोचन कँडेलले धन्यवाद मन्तव्य व्यक्त गरेको कार्यक्रम संघका अध्यक्ष भीमबहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

०२ फागुन २०७२ 

वि.सं.२०७२ फागुन २ आइतवार १७:४३ मा प्रकाशित

You can share this post!

देशभर मनसुनी वायुको प्रभाव, यस्तो छ मौसम पूर्वानुमान    

देशभर मनसुनी वायुको प्रभाव, यस्तो छ मौसम पूर्वानुमान   

वि.सं.२०८२ असार १३ शुक्रवार ०६:५५

काठमाडौँ : देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जल...

बरुण हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, कहिलेसम्म कायम सेयरधनीले दिने आवेदन ?

बरुण हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, कहिलेसम्म कायम सेयरधनीले दिने आवेदन ?

वि.सं.२०८२ असार १३ शुक्रवार ०६:४९

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि हकप्रद...

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द,  यस्तो छ कारण   

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द, यस्तो छ कारण   

वि.सं.२०८२ असार १३ शुक्रवार ०६:२३

मुस्ताङ : बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै...

विद्यार्थीविहीन सामुदायिक विद्यालय: गाउँका शिक्षक रित्ता कक्षाकोठा रुँगेर बस्न बाध्य

विद्यार्थीविहीन सामुदायिक विद्यालय: गाउँका शिक्षक रित्ता कक्षाकोठा रुँगेर बस्न बाध्य

वि.सं.२०८२ असार १३ शुक्रवार ०६:१६

सन्तोष गौतम म्याग्दी : विद्यार्थी नभएपछि बेनी नगरपालिका–५ माथिल्लो गाजनेको...

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर   

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८२ असार १३ शुक्रवार ०६:०८

काठमाडौँ  : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

आज १३ आषाढ २०८२ शुक्रवार, कस्तो रहला आजको राशिफल ?

आज १३ आषाढ २०८२ शुक्रवार, कस्तो रहला आजको राशिफल ?

वि.सं.२०८२ असार १३ शुक्रवार ०६:०२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...