back

कालोबजारी नियन्त्रणका लागि करिब दुई सय कर्मचारी परिचालन

काठमाण्डौं । कालोबजारी नियन्त्रण, त्यसको न्युनिकरण र अनुसन्धानका लागि सरकारले देशैभरी आजबाट १ सय ७२ जना शाखा अधिकृत परिचालन गरेकोछ । यसरी खटाउनका लागि उनीहरुलाई हिजोसम्म तालिम दिइएको वाणिज्य विभागले जनाएकोछ ।

वाणिज्य विभागबाट खटाइएका ती अधिकृतहरुले कुन क्षेत्रमा कालोबजारी भइरहेको छ सो वारे अध्ययन अनुसन्धान तथा कारवाही गर्ने छन् । यो अनुगमन देशका मुख्य भन्सार नाका, सीमा क्षेत्र र ठूला बजार केन्द्रित हुने विभाग स्रोतले जानकारी दिएकोछ । बढी आर्थिक कारोवार हुने तथा उपभोक्ताको चहलपहल बढी हुने स्थानमा केन्द्रित गरी अनुगमन गरिने भएको छ ।

विभागका साथसाथै जिल्ला प्रशासन कार्यालयले खटाएको टोलीले संयुक्त रुपमा कलोबजारीको अनुगमन गर्ने छन् । उपत्यका बाहिर साना तथा घरेलु उद्योगको सहयोग लिइने पनि विभागले जनायो ।

४ फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन ४ मंगलवार १०:२६ मा प्रकाशित

You can share this post!

मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु

मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु

वि.सं.२०७९ माघ २४ मंगलवार १४:२८

दिल्ली । जिउँदो बिशालु सर्पलाई आफनो मुख भित्र हालेर‘ स्टन्डवाजी’...

नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान

नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान

वि.सं.२०७९ माघ २४ मंगलवार १३:४९

इन्दिप कोइराला, बारा । छिमेकी नाबालिकालाई बलात्कार गरेको अभियोगमा निजगढ...

‘जनयुद्ध दिवस’ मनाउने भन्दै फागुन १ गते दिइयो सार्वजनिक बिदा

‘जनयुद्ध दिवस’ मनाउने भन्दै फागुन १ गते दिइयो सार्वजनिक बिदा

वि.सं.२०७९ माघ २४ मंगलवार १३:४३

सुर्खेत । कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसका अवसरमा फागुन १...

टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका

टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका

वि.सं.२०७९ माघ २४ मंगलवार १३:१६

टर्की  । टर्कीमा गएकाे भूकम्पकाे १०९ वटा पराकम्प जाँदा तीन...

शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा इन्द्र प्रसाद कर्माचार्य नियुक्त

शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा इन्द्र प्रसाद कर्माचार्य नियुक्त

वि.सं.२०७९ माघ २४ मंगलवार १३:०८

काठमाडौं । शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा इन्द्र प्रसाद कर्माचार्य नियुक्त...

कृषि क्षेत्रको समस्या समाधान गर्न एमालेको १२ सुझाव 

कृषि क्षेत्रको समस्या समाधान गर्न एमालेको १२ सुझाव 

वि.सं.२०७९ माघ २४ मंगलवार १२:५१

काठमाडौं । नेकपा एमालेको कृषि तथा पशुपन्छी विभागले कृषि क्षेत्रमा...