
काठमाण्डौं । संरक्षित तथा दुर्लभ पन्छी हुँचिल (ठूलो लाटोकोशेरो)को अवैध तस्कर गर्ने ७ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। काठमाडौं तारकेश्वर ८ बाट उनीहरुलाई पक्राउ गरिएको महाशाखाका एसपी सहकुल थापाले जानकारी दिए।
गोरखा फुजेल ७ का विष्णु अमगाइँ, सुमन लामिछाने, गोरखा बोार्लाङका दीपराज रेग्मी, चरउपानीका वीरमान गुरुङ, झापा कोहवारका पृथ्वी चेमजोङ मोरङ पथरीका वीरबहादुर खत्री र ललितपुर महालक्ष्मी नगरपालिका ९ का भुवेन लामालाई पक्राउ गरिएको उनले बताए।
३ करोड रुपैयाँमा एउटा हुचिल बेच्न लाग्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुले हुचिल कहाँबाट ल्याएको र कुन देशमा पठाउन लागेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
५ फागुन, २०७२, २.००
वि.सं.२०७२ फागुन ५ बुधवार १४:२४ मा प्रकाशित