
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा शनिवार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा सातवाट समझदारी पत्रमा हस्ताक्षर भएको हो।
हैदरावाद हाउसमा प्रधानमन्त्री ओली र समकक्षी मोदीवीच भएको ‘वान टु वान’ वार्तापछि सात वटा सम्झौतामा हस्ताक्षर भएको थियो। नेपाल र भारतबीच नेपाललाई भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले उपलब्ध गराउने घोषणा गरेको २५ अर्ब रुपियाँ अनुदान र ७५ अर्ब सहुलियत ऋणको उपयोग, तराईमा सडक सञ्जालको विस्तार र संगीत तथा नाट्य प्रतिष्ठान क्षेत्रमा सहकार्य सम्बन्धी रहेका छन् ।
यसैगरी, नेपालका लागि काँकडभिट्टा बंगलाबन्ध कोरिडार पारबहन सुविधा, विशाखापट्टनम बन्दरगाह उपयोग, विशाखापट्टनम सिंहबाद रेलमार्गको उपयोग गर्ने सम्बन्धी समझदारी पनि रहेका छन्।
यस्तै दुई देशका प्रधानमन्त्री ढल्केबर–मुजफ्फरपुर अन्तर–देशीय विद्युती प्रसारण लाईनको पनि औपचारचिक उद्धघाटन गरेका छन्
वि.सं.२०७२ फागुन ८ शनिवार २१:०६ मा प्रकाशित