back
NMB ad

महाविर पुन र केबी लिम्बु भन्छन्, यसरी भयो तारा एयर दुर्घटना

Kumari bank ad

सरकारी तथ्याङक अनुसार नेपालमा सन् १९५५ देखि हालसम्म ६ दशकको अवधिमा ७८ वटा बिमान दुर्घटना भइसकेका छन् । बुधबार बिहान पोखराबाट जोमसोम जादै गरेको तारा एयरको बिमान दुर्घटनामा परी चालकदलसहित विमानमा सवार सबै २३ जनाको मृत्यु भएपछि नेपाली हवाई क्षेत्रको सुरक्षाबो बहस फेरी एकपटक सतहमा आएको छ । प्रस्तुत छ, यसै विषयमा विश्लेषण सहित अर्थतन्त्रका  लागि नवराज कुँवरले झण्डै ३५ वर्ष उडान क्षेत्रमा समय विताएका वायु सेवा निगमका पुर्व महाप्रवन्धक बरिष्ठ क्याप्टेन केबी लिम्बु र रमान म्यागेसेसे विजेता एवम प्रविधि विज्ञ महाविर पुनसंग गरेको छुट्टाछुट्टै कुराकानीको अंश ।

बिमान दुर्घनाको नालीबेली
नेपाली आकासमा भएका विमान दुर्घटनाहरुमा अहिलेसम्म स्वदेशी तथा विदेशी गरी साढे ७ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । अहिलेसम्मका विमान दुर्घटनाहरुको संख्याले नेपालमा हवाई उड्ययन निकै असुरक्षित छ भन्ने सन्देश गएको छ । युरोपेली युनियनले नेपाली उड्डयन क्षेत्रलाई सन् २०१३ यता कालो सूचीमा राखेको छ । यतिमात्र नभई उसले नेपालको उड्डयन खतरापूर्ण रहेको भन्दै २०१३ को डिसेम्बर ५ देखि नेपाली वायुसेवा कम्पनीलाई युरोप उडानका लागि बन्देज समेत लगाएको छ ।

जटिल भौगोलिक बनावट र कतिपय रुटमा क्षणभरमै वदलिने मौसम, पुराना जहाज, सुरक्षा सम्वन्धि मापदण्डको पालनामा हेलचक्रयाईं र हवाई सुरक्षाका लागि छानविन समितिहरुले दिएका सुझाव वेवास्ता गरिनु नेपालमा विमान दुर्घटनाका मुख्य कारक मानिन्छ । बुधवार दुर्घटनामा परेको तारा एयरको बिमान लामो अनुभव भएका पाइलटले उडाएका थिए भने विमान पनि केहीमहिनामात्रै उडेको नया विमान थियो ।

प्रविधिविज्ञ महाविर पुन भन्छन्, तारा एयरका बिमान दुर्घटना यसरी भयो
गत बुधबार भएको तारा एयरको विमान दुर्घटनाको कारण मौसमी प्रतिकुलतामात्रै हैन एउटा गंभिर मानवीय त्रुटि र लापरबाही हो । पोखरा र जोमसोम हवाई टावरको कर्मचारीहरुको लापरबाही र निस्कृयताको एउटा उदाहरण हो अस्तिको हवाई दुर्घटना ।

हामीले नेपाल वायरलेस मार्फत सन् २०१० मा मुस्ताङगको लेते नजिकैको लाक्र्यु डाँडा र म्याग्दीको खोप्रा डाँडामा वैसाला भन्ने विश्व विख्यात वेदर स्टेशन र आइ पी क्यामेरहरु हवाईजहाजहरुको लागि मद्धत होस भनेर जडान गरेका थियौँ । ती उपकरणहरुबाट इन्टरनेटमार्फत फ्लाईट रुटको रियल टाइम भिडियो र मौसमी जानकारी लिन सकिन्थ्यो । त्यसको लागि एआईटी ब्याङकोक र एसिएपीबाट आर्थिक सहयोग जुटाइएको थियो र नागरिक उड्डयन प्राधिकरणको एक पैसा पनि परेको थिएन । मैले ती उपकरणहरु चलाउनुस् भनेर जोमसोम र पोखरा एयरपोर्टमा गएर सिकाई दिएको पनि थियो । तर त्यसको उपयोग गरेनन् । तीन वर्ष पछि ती उपकरणले सम्भार नभएर काम गर्न छाडे । ती उपकरणहरु उनीहरुले निशुल्क उपयोग गर्न सक्थे ।

अहिले पनि म्याग्दीको मोहरे डाँडामा दुई ओटा आइपी क्यामेराहरु छन् र एउटा वेइदर स्टेशन छ । सो क्यामेराहरु र वेइदर स्टेशन हवाई जहाजहरुको लागि नै भनेर राखिएको हो । मैले पोखरा विमानस्थलमा गएर ती क्यामेराहरुको आइपी एड्रेस र वेइदर स्टेशनको लिंक पनि दिएकै हो । तर त्यसको उपयोग गरेको जस्तो लागेको छैन । तर यस्ता उपकरणहरुको वास्ता नै नगरि अघि बढ्न खोजियो । यसलाई मानवीय त्रुटिमात्रै हैन गंभिर मानवीय त्रुटि भन्छु म ।

बरिष्ठ क्याप्टेन केबी लिम्बु भन्छन्, सरकारले पनि दोष लिनुपर्छ

३२ वर्षभन्दा लामो समय विमान उडाएका नेपाल बायु सेवा निगमका पूर्व महाप्रवन्धक बरिष्ठ क्याप्टेन केबी लिम्बु नयाँ नया प्रविधिका जहाज नेपालमा आएपनि तीनको पूर्ण क्षमताको उपभोगका लागि आवश्यक प्राविधिक र भौगोलिक सुधार नभएको औंल्याउँदै राज्यको सुरक्षा प्रणालीसम्बन्धी नीति पनि दोषी रहेको बताउँछन् ।

बुधबार भएको दुर्घटना लापरबाहीले नै भएको हो । मौसम खराबी हुँदा पनि जानै पर्ने बाध्यता के थियो ? बादलले डाँडा काडाँ नदिखिने गरि छेकेको हुन्छ । पोखराबाट जोमसोम जानु भनेको एकदमै साँघुरो उपत्यका हो । किनकी त्यहाँ कालीगण्डकीको उपत्यका हुँदै जानुपर्छ । त्यो उपत्यका चाहिँ संसारकै गर्ज हो । एकतीर धौलागिरी २६ हजारको छ तल काली गण्डकी नदी बग्छ । सामुद्रिक सतहजस्तै छ नि । उनीहरुले यस्तो चुनौतिलाई ख्याल गर्नुपर्ने हो नि । जोमसोम जाँदा जुन किसिमले यान्त्रीक जडानहरु हुनुपर्ने हो त्यो यथेष्ठ भाको छैन । भएकाहरुहरु पनि खासै वास्ता भएका छैनन् । माथी घोरपानी, दाना, लेतेतिर खै त यान्त्रिक जडान ?

विराटनगरलगायतका विमानस्थलहरु पनि खतरा
विराटनगर, भैरवा, चन्द्रगढी, धनगढी, नेपागञ्जमा पनि सुरक्षाका लागि ती यन्त्रहरु जडान गरिएका छैनन । जसले गर्दा भविष्यमा फेरि पनि त्यही कारणले दुर्घटना नहोला भन्न सकिदैन । प्रविधिको विकासको गति त कसैले रोकेर रोकिदैन । विश्वमा भईरहेका विकासहरुले नेपालमा विकास भएन भनेर पर्खिनेवाला पनि छैनन् । विकसित प्रविधिमा एभिएयसन पनि हो । राइप ब्रदर्श विल्वर्भ र अल्वर्ट राईपले जहाज उडाउन सुरु गरेको सन् १९९३ मा हो । तर यो समय कहाँ पुगिसक्यो यो प्रविधि । त्यसकारण नेपाललाई कुरेर त बस्दैन नी । त्यो त हाम्रो राज्यले अवलम्बन गर्नुपर्ने कुरा हो । विश्वमा विकास भएका प्रविधिअनुसार हाम्रो देशमा यान्त्रीक विकास भएका छैनन् । धावन मार्गहरुको अपग्रेडिङ, रिलोकेशन भएको छैन । जति भएका छन् कछुवाको चालमा भइरहेको छ ।

हवाई क्षेत्रमा नेपाल १८ औँ शताब्दिको प्रविधि चलाउँदै
हामी एभियसनको प्रविधिमा ५० वर्ष पछाडी छौँ । युग कहाँ पुगिसक्यो । हामी १८ औँ शताब्दीतिरै छौँ । हामीले विश्व जगतमा विकास भएका प्रविधिहरुप्रति आर्थिक रुपले मात्रै पहुँच नराखेको हैन, ध्यानाकर्षण पनि हुन नसकेको हो ।

दुर्घटना प्रतिवेदनहरुको सुझाव नमान्दा दुर्घटना
दुर्घटनापछि गठन गरिने सुझाव आयोगहरुले दिने सुझावहरुलाई खाली देखावटि रुपमा मात्रै मानेजस्तो गरिदिने प्रवित्ति छ । जसका कारण दुर्घटना एउटै कारणले दोहोरिएको हाम्रो सामु यथार्थ छ । नेपाली आकास असुरक्षित हैन । मानवीय संवेदनशीलता, उपकरणका उचित प्रयोग, यसको अपर्यप्तता, राज्यको हवाई प्रणालीमा सुधार गर्ने हो भने दुर्घटना कम गर्न सकिन्छ ।

सरकारी तथ्याङकहरुले यस्तो भन्छन्

नेपालमा भएका हवाई दुर्घटनामध्ये ८५ प्रतिशतभन्दा बढी मानवीय त्रुटिले भएको अध्ययन प्रतिवेदनले देखाएका छन् । पाइलटले निरन्तर धेरै उडान गर्नु, विमान कम्पनीमा पाइलटलाई दिइने सेवा सुविधा पर्याप्त नहुनु, व्यावसायका अघि सुरक्षाका विषयलाई प्राथमिकतामा नराख्नु, उडानअघि मौसम लगायतका कारण आउन सक्ने चुनौतिप्रति गंभिर नहुनु लगायतका कुराहरु नेपालमा विमान दुर्घटनाका प्रमुख कारण मानिन्छन् ।

अन्तराष्ट्रिय उड्डयन सुरक्षासम्बन्धी प्रतिवेदनले पनि नेपाली आकाश असुरक्षति हुनुमा नागरिक उड्डयन प्राधिकरणको कमजोरी पनि देखाएको छ । नेपाली आकाश असुरक्षीत हुँदा अकालमा नागरिकहरुले ज्यान त गुमाएकै छन् संगै अन्तर्राष्ट्रिय जगतमा नेपालको छविमा समेत नकारात्मक प्रभाव परेको छ । त्यसैले सरकार र सम्बन्धित निकाय अब ढिला नगरी यसप्रति गम्भिर हुन सके यात्रुहरुको सुरक्षाको प्रत्याभूति त हुने थियो नै अन्तर्राष्ट्रिय जगतमा धमिलिएको नेपाली छवि पनि संग्लीने कुरामा विज्ञहरुले जोड दिएका छन् ।

२०७२ फागुन १४ / १०:१३

वि.सं.२०७२ फागुन १४ शुक्रवार १०:२५ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...