काठमाण्डौं । बेलायतले नेपाललाई अनुदान सहायता स्वरुप २ अर्ब ३० करोड रुपैयाँ दिने भएको छ । बेलायतले इभिडेन्स फर डेभेलप्मेन्ट कार्यक्रमका लागि २ अर्ब ३० करोड रुपैयाँ अनुदान सहायता दिने भएको हो।
अनुदान सहायता सम्बन्धी सम्झौतामा आज सोमबार हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयका वैदेशिक सहायता महाशाखा प्रमुख बैकुण्ठ अर्याल र बेलायती सहयोग नियोग डीएफआइडीका नेपाल प्रमुख डा। गेल मार्टेजीले एक समारोहबीच हस्ताक्षर गरे।
चार वर्ष सम्म संचालन हुने इभिडेन्स फर डेभेलप्मेन्ट कार्यक्रम अर्न्तगत सहायताको रकम नीति निर्माण तहमा प्रमाणको प्रयोग गर्ने संस्कृति प्रबर्द्धन गर्न खर्च गरिने सम्झौतामा उल्लेख छ ।
१७ फागुन २०७२, २.००
वि.सं.२०७२ फागुन १७ सोमवार १४:२७ मा प्रकाशित