back

बहालवाला मन्त्रीकोसहित १५ दल खारेज, कुन कुन परे खारेजीमा ?

काठमाडौं । निर्वाचन आयोगले खानेपानी तथा सरसफाईमन्त्री प्रेम बहादुर सिंहको पार्टी खारेज गरेको छ । लगातार तीन वर्ष सम्म आय–व्यय विवरणको प्रतिवेदन पेस नगरेको भन्दै सिंहको समाजवादी जनता पार्टी सहित १५ वटा राजनीतिक दल दर्ता खारेज गरिएको हो ।

निर्वाचन आयोगले दल खारेज गर्नुको कारण उल्लेख गर्दै भनेको छ ‘ऐन २०६३ को दफा २४ को उपदफा १ बमोजिम तीन बर्ष सम्म लगातार आय–व्ययको विवरण नबुझाएको र निर्धाारित समय भित्र स्पष्टिकरण समेत पेस नगरेको’ कारण दल खारेज गरिएको हो ।

आयोगले विभिन्न १ सय २० पार्टीलाई समयमा आय–व्यय नवुझाएको भन्दै प्रत्येक पार्टीलाई १ सय रुपैँयाका दरले जरिवाना समेत गरेको छ । आयोगले उनीहरुलाई जरीवाना गरेको छ।

जरिवाना पर्नेमा बहालवाला तीन जना मन्त्रीको पार्टी समेत रहेको छ । जरिवानामा पर्ने मन्त्रीका पार्टीहरुमा उपप्रधान तथा महिला बालबालिकामन्त्री सिपि मैनालीको नेकपा (माले), विज्ञान तथा प्रविधिमन्त्री विश्वेन्द्र पासवानको बहुजन शक्ति पार्टी र उद्योग राज्यमन्त्री मेघराज नेपालीको मधेस समता पार्टी छन् ।

दर्ता खारेजहुने पार्टीहरु

१. समाजवादी जनता पार्टी

२.जनता दल युनाइटेड

३.जनता पार्टी नेपाल

४.नेपाली जनता पार्टी

५.नेपाल जनभावना पार्टी

६.स–शक्ति नेपाल

७.नेपाल राष्ट्रिय लोकतान्त्रिक दल

८.नेपाल राष्ट्रिय जनकल्याण पार्टी

९.जनमुक्ति पार्टी नेपाल

१० .शिव सेना

११.लिवरल समाजवादी पार्टी

१२.नेपाल साम्यवादी दल

१३.नव नेपाल प्रजातान्त्रिक दल

१४.संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी

१५. समाजवादी पार्टी

२३ फागुन २०७२/७ : १०

वि.सं.२०७२ फागुन २३ आइतवार १८:५८ मा प्रकाशित

You can share this post!

छुट्ला है, एक बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

छुट्ला है, एक बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०८० असोज ७ आइतवार ०७:१४

काठमाडौं । माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज असोज ७...

ढोरपाटन क्षेत्रमा स्याउ उत्पादनमा कमी   

ढोरपाटन क्षेत्रमा स्याउ उत्पादनमा कमी   

वि.सं.२०८० असोज ७ आइतवार ०६:५६

गलकोट (बागलुङ), ७ असोज : बागलुङको निसीखोला गाउँपालिका–५ मसगाउँका ७३...

यी स्थानमा भारी वर्षासहित हावाहुरी चल्ने

यी स्थानमा भारी वर्षासहित हावाहुरी चल्ने

वि.सं.२०८० असोज ७ आइतवार ०६:४६

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको...

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन

वि.सं.२०८० असोज ७ आइतवार ०६:३९

बिक्रम गिरी हाङ्जाउ (चीन), ६ असोज : १९औँ एसियाली खेलकुद...

आज ७ असोज २०८० आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ७ असोज २०८० आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० असोज ७ आइतवार ०६:३१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

शाओमीको नेपालमा सफलतापूर्वक ५ वर्ष पुरा

शाओमीको नेपालमा सफलतापूर्वक ५ वर्ष पुरा

वि.सं.२०८० असोज ६ शनिवार १७:४५

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आफ्नो गौरवपूर्ण ५...