back

वन क्षेत्र फैलियो, अब ४४.७४ प्रतिशत क्षेत्र वन

काठमाडौं। दुई दशकयता नेपालको वनक्षेत्र बढ्दै गएको पाइएको छ । वन मन्त्रालयले आइतबार सार्वजनिक गरेको राष्ट्रिय वनस्रोत सर्वेक्षणले २१ वर्षको अवधिमा वनक्षेत्र ५ दशमलव १५ प्रतिशतले वृद्धि भएको देखाएको हो।

सन् १९९० को सर्वेक्षणअनुसार, वन र बुट्यान गरी ३९।६ प्रतिशत क्षेत्र वन तथा बुट्यानले ढाकेको थियो। वन सर्वेक्षण २०१६ अनुसार ४०।३६ प्रतिशत क्षेत्र ९५९ लाख ६२ हजार हेक्टर० घना जंगलले र ४।३८ प्रतिशत ९६ लाख ४८ हजार हेक्टर० बुट्यानले ढाकेको छ। यसपटकको अनुसन्धानले ०।५ हेक्टरभन्दा बढी क्षेत्रमा वन भएका सबै भूभाग समेटेको जानकारी वन स्रोत सर्वेक्षण परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक यामप्रसाद पोखरेलले दिए।

२६ वर्षअघिको सर्वेक्षणले भने वनका यति साना टुक्रालाई अध्ययनमा समावेश गरेको थिएन। कतिपय अनुसन्धानकर्ताले भने वन फँडानी भइरहेको अवस्थामा वन बढेको तथ्यांक भरपर्दो र वैज्ञानिक नभएको तर्क पनि गरेका छन्। तर वन अनुसधन्धान तथा सर्वेक्षण विभागले पछिल्लो सर्वेक्षणमा आधुनिक प्रविधि र विश्वव्यापी स्वीकार्य विधि प्रयोग गरिएकोले भरपर्दो भएको जनाएको छ।

समग्र वन क्षेत्र बढेको सुखद तथ्यांक सार्वजनिक भइरहँदा तराईमा भने वनको अवस्था झन् नाजुक बनेको छ। नेपालमा सबैभन्दा धेरै वन मध्यपहाडी क्षेत्रमा ३७।८० र उच्च पहाडी र हिमाली भेगमा ३२।२५ छ। कुल वन क्षेत्रको ६।९० प्रतिशत वन क्षेत्र मात्रै तराईमा छ भने २३।०४ प्रतिशत वन चुरे क्षेत्रमा छ।

सर्वेक्षणअनुसार वन क्षेत्रमा १० सेमीभन्दा बढी व्यास भएका रूखको संख्या दुई अर्ब ५६ करोड ३३ लाख। यसैगरी काण्डको कुल आयातन ९८ करोड २३ लाख घनमिटर रहेको अनुमान गरिएको छ। यसको अर्थ नेपालमा ठूला रूख बढेका छन् भने साना रूखको संख्या न्यून छ।

विज्ञहरूले मध्यपहाड तथा हिमाली क्षेत्रमा वन व्यवस्थापन राम्रो नभएका कारण रूखको व्यवस्थापन हुन नसकेको तर्क गरेका छन्। मन्त्रालयका एक अधिकारीले भने, ‘अब मध्यपहाड र हिमालमा वन व्यवस्थापनमा जोड दिनुको विकल्प छैन।’ रूख व्यवस्थापन गरी बूढा रूख हटाउने र साना रूख बढाउँदा मात्रै वनको दिगो व्यवस्थापन हुने अध्ययनहरूको निष्कर्ष छ।यो सर्वेक्षणले नेपालमा अहिलेसम्म अध्ययन नभएको कार्बन सञ्चितिको अवस्था पनि सार्वजनिक गरेको छ। हाल नेपाली जंगलमा एक अर्ब पाँच करोढ ५० लाख टन कार्बन सञ्चित छ।

विश्वबजारमा नेपालको कार्बन बिक्रीको चर्चा चलिरहेका बेला आएको यसलाई अवसरका रूपमा उपयोग गर्न सकिने विज्ञहरूको तर्क छ। पोखरेल भन्छन्, ‘अब कि हामीसँग भएको कार्बन बढाउनुपर्छ या त घटाउनुपर्ने बाध्यता हामीसँग छ ।’ नेपालमा औसत १७६।९५ टन कार्बन प्रतिहेक्टर रहेको र्सेक्षणको निष्कर्ष छ। उच्च हिमाली र पहाडी भेगमा सबैभन्दा धेरै कार्बन सञ्चित छ।

सर्वेक्षणमा समावेश गरिएका देशभरका ५५ हजार प्लटमा चार सय ४३ प्रकारका रूखका प्रजाति भेटिएका छन् । यसमध्ये दुई सय ३९ जाति र ९९ परिवारका छन्। सबैभन्दा बढी रूखका प्रजाति मध्यपहाडी क्षेत्रमा तीन सय २६ छन् भने सबैभन्दा कम एक सय ६४ प्रजाति तराई क्षेत्रमा पाइएको छ। नेपालको दुई तिहाइ वन क्षेत्रमा चरिचरनको प्रभाव रहेको पनि सर्वेक्षणले पत्ता लगाएको छ।

नेपालको वन क्षेत्रको पहिलो विस्तृत सर्वेक्षण गर्न फिनल्यान्ड सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो। प्रतिवेदन सार्वजनिक गर्दै वन तथा भूसंरक्षणमन्त्री अग्नि सापकोटाले वन क्षेत्रको नयाँ तथ्यांकले नीति निर्माण गर्न तथा आगामी कार्यक्रम तय गर्न सजिलो र वैज्ञानिक हुने बताए। उनले भने, ‘यो हाम्रो ठूलो सम्पत्ति हो । यसैका आधारमा वन क्षेत्रको दिगो संरक्षणबारे योजना बनाउछौं ।’

प्रकाशितः २०७२ फाल्गुन २४

वि.सं.२०७२ फागुन २४ सोमवार १०:५२ मा प्रकाशित

You can share this post!

मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँड मिति तय, सेयर पाउने भाग्यमानी कति ?

मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँड मिति तय, सेयर पाउने भाग्यमानी कति ?

वि.सं.२०८० असोज ७ आइतवार १७:०२

काठमाडौं मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ असोज १० गते बुधबार...

बम्बे भाइकिङ्गस नेपाल आउँदै, एलओडी मा कन्सर्ट हुँदै

बम्बे भाइकिङ्गस नेपाल आउँदै, एलओडी मा कन्सर्ट हुँदै

वि.सं.२०८० असोज ७ आइतवार १६:५६

काठमाडौं । भारतीय सांगितिक समूह बम्बे भाइकिङ्गसले नेपालमा सांगितिक प्रस्तुति...

दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात, दुई खर्ब ३३ अर्ब ३० करोड व्यापार घाटा 

दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात, दुई खर्ब ३३ अर्ब ३० करोड व्यापार घाटा 

वि.सं.२०८० असोज ७ आइतवार १६:४८

काठमाडौँ, ७ असोज : चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती...

सानिमा बैंकको सेवा मुल्याङ्कन क्यूआर कोड मार्फत

सानिमा बैंकको सेवा मुल्याङ्कन क्यूआर कोड मार्फत

वि.सं.२०८० असोज ७ आइतवार १६:४१

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले सम्पूर्ण कार्यालयहरु मार्फत बैंकको सेवा...

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका ग्राहकहरूले आईएमई रेमिट्यान्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्ने

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका ग्राहकहरूले आईएमई रेमिट्यान्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्ने

वि.सं.२०८० असोज ७ आइतवार १६:२५

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमईसंगको सहकार्यमा आफ्नो मोबाइल...

नेप्सेमा एक बैंकको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक बैंकको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८० असोज ७ आइतवार १६:१३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...