
काठमाण्डौं । लोकसेवा आयोगले आज बुधबार सार्वजनिक सूचना जारी गर्दै अप्राविधिकतर्फ १४ सय ११ जना राजपत्र अनंकति खरिदार पदमा दरखास्त आह्वान गरेको छ ।
१४ वटै अञ्चल कार्यालय अन्तर्गग माग भएको खरिदारका लागि तोकिएको योग्यता पुगेका उम्मेदवारले आवदेन गर्न सक्नेछन् । प्रशासन, लेखा, न्याय, व्यवस्थापिका संसद, लेखा परीक्षण, सरकारी वकिल लगायत समूहमा खरिदार माग भएको हो ।
विभिन्न कार्यालयमा रिक्त पदपूर्ति गर्नका लागि आयोगले २ सय २५ जना खरिदारका आन्तरिकरुपमा परीक्षा गर्नेछ । खरिदार भन्दा तल्लो तहमा कार्यारत कर्मचारीले पनि आन्तरिक रुपमा प्रतिस्पर्धा गर्न सक्नेछन् । मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी पास गरेकाहरुले प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।
आवदेन फारम अनलाइनमार्फत भर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ ।
२६ फागुन २०७२, १०.००
वि.सं.२०७२ फागुन २६ बुधवार १२:३७ मा प्रकाशित