back
NMB ad

आउला त देउवालाई सुविधाजनक बहुमत ?

Kumari bank ad

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा रहेका मध्य खुला र आरक्षणतर्फ गरी ४६ पदका लागि भइरहेको मतगणना आज पनि जारी छ । सभापतिमा निर्वाचित शेरबहादुर देउवाको पक्षमा महामन्त्री र कोषाध्यक्षमा जित्न सकेनन् । तर तीन दिनदेखि जारी मत गणनाको नतिजा हेर्दा सभापति देउवाको पक्षमा सुविधाजनक बहुमत पुग्ने संकेत देखिएको छ ।

शुक्रबारसम्मको मतगणनामा खुला २५ र आरक्षणतर्फका २२ पदमा देउवा प्यानलका २८ र पौडेल प्यानलका १८ उम्मेदवार अग्रस्थानमा छन् । मुस्लिम एक पदमा देउवा प्यानलबाट उम्मेदवारी दिएका फरमुल्ला मन्सुर बिहीबार नै निर्वाचित घोषित भइसकेका छन् । अन्यको मतगणना जारी छ ।

निर्वाचन समितिले प्रदेशबाट निर्वाचित हुने १४ केन्द्रीय सदस्यको मतगणना पनि शनिबारदेखि थाल्ने भएको छ । खुला २५ सदस्यका लागि तीन दिनमा जम्मा ६ सय ५० मत मात्रै गणना भएको छ । खुल्लामा ९० उम्मेदवार छन् । शुक्रबार खुला २५ को ६ सय ५३ मत गणना हुँदा देउवा प्यानलका १४ र पौडेल प्यानलका ११ जना अग्रस्थानमा छन् ।

महिला ६ मा देउवा प्यानलका ४ र पौडेल प्यानलका २ जना अग्रस्थानमा छ । शुक्रबार ११ सय मतगणना गर्दा एक नम्बरमा महिला संघकी अध्यक्ष डिला संग्रौला आएकी छन् । संग्रौलासहित देउवा प्यानलबाट पुष्पा भुसाल, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने छन् भने पौडेल प्यानलबाट कमला पन्त र सरिता प्रसाईं छन् ।

आदिवासी जनजातिको ७ सय ९० मतगणना गर्दा बहादुरसिंह लामा पहिलो नम्बरमा छन् । त्यसपछि चीनकाजी श्रेष्ठ र महादेव गुरुङ छन् । लामा र गुरुङ देउवा प्यानलका हुन् भने श्रेष्ठ पौडेल प्यानलका हुन् ।

आदिवासी जनजाति महिला २ पदका लागि भएको गणनामा सीता गुरुङ एक नम्बरमा आएकी छन् । त्यसपछि सरस्वती बजिमय र ललिता किङरिङ प्रतिस्पर्धामा छन् । गुरुङ १२ औं महाधिवेशनमा यही कोटाबाट निर्वाचित र दोसो नम्बरमा रहेकी बजिमय पराजित भएकी थिइन् । गुरुङ देउवा र वजिमय संस्थापन प्यानलबाट उम्मेदवार भएका हुन् ।

मधेसी ३ पदको खुला केन्द्रीय सदस्यमा देउवा प्यानलका अजय चौरसिया, महेन्द्र यादव र पौडेल प्यानलका रामकृष्ण यादव अग्रस्थानमा छन् । मधेसी २ पदको महिला आरक्षणमा किरण यादव पहिलो नम्बरमा आएकी छन् । त्यसपछि पार्वती डीसी चौधरी र मीनाक्षी झा मुख्य प्रतिस्पर्धामा छन् ।

यादव र झा पौडेल प्यानलका हुन् भने चौधरी देउवा प्यानलकी हुन् । आरक्षण दलित ३ को खुला पदमा जीवन परियार, मीन विश्वकर्मा र मानबहादुर विश्वकर्मा अग्रस्थानमा छन् ।

परियार पौडेल प्यानलका हुन् भने मीन र मानबहादुर देउवा प्यानलबाट उम्मेदवार भएका हुन् । त्यस्तै दलित आरक्षण महिला २ पदमै देउवा प्यानल अग्रस्थानमा छन् ।

खुला २५ मा कसले कति ल्यायो ?
१) डा. शेखर कोइराला (३८४)
२) खुमबहादुर खड्का (३८१)
३) प्रकाशमान सिंह (३७७)
४) प्रदीप पौडेल (३७५)
५) विमलेन्द्र निधि (३७०)
६) बालकृष्ण खाँड (३६५)
७) पूर्णबहादुर खड्का (३५९)
८) रमेश लेखक (३५९)
९) महेश आचार्य (३५२)
१०) प्रदीप गिरी (३५१)
११) केबी गुरुङ (३४६)
१२) धनराज गुरुङ (३४४)
१३) विश्वप्रकाश शर्मा (३३७)
१४) रामशरण महत (३३७)
१५) बलबहादुर केसी (३३३)
१६) सुजाता कोइराला (३३१)
१७) शंकर भण्डारी (३२४)
१८) प्रकाशशरण महत (३१९)
१९) मीनेन्द्र रिजाल (३१३)
२०) चन्द्र भण्डारी (३१३)
२१) गोपालमान श्रेष्ठ (३०९)
२२) नारायण खड्का (३०३)
२३) बद्रि पाण्डे (३०३)
२४) ज्ञानेन्द्रबहादुर कार्की (२९७)
२५) एनपी साउद (२९७)
२६) जीपछिरिङ लामा (२७२)
२७) उदयशमशेर राणा (२६२)
२८) डिनामहालक्ष्मी उपाध्याय (२६१)
२९) पद्मनारायण चौधरी (२५९)
३०) अशोक कोइराला (२४४)

आदिवासी जनजाति ३ (खुला)
बहादुरसिंह लामा २४२
चीनकाजी श्रेष्ठ २३७
महादेव गुरुङ १९६
कल्याण गुरुङ १९५
आङगेलु शेर्पा १७२
तुलसी सुब्बा १५०
आदिवासी महिला (२)
सीता गुरुङ ३६२
रत्ना शेरचन २३५
सरस्वती बजिमय २३२
ललिता किङरिङ मगर १७६
उषा गुरुङ ११४

महिलातर्फको ६ सिटमा
१) डिला संग्रौला ५३९
२) पुष्पा भुसाल ४४५
३) कमला पन्त ३८८
४) अम्बिका बस्नेत ३४६
५) इश्वरी न्यौपाने ३४६
६) सरिता प्रसाई ३३४
७) रिता खनाल २९४
८) प्रमिला राई २८९
९) मीना पाण्डे २७४
१०) रुक्मिण कोइराला २८०
११) मन्जु खाँड २६७

मधेसी ३ (खुला)
अजय चौरसिया ४५६
महेन्द्र यादव ४०८
रामकृष्ण यादव ३६४
रंजित कर्ण ३६१
वीरेन्द्रकुमार कनौडिा ३२१
रामचन्द्र तिवारी २७२
मधेसी महिला (२)
किरण यादव ३९२
पार्वती डिसी चौधरी ३७१
मीनाक्षी झा ३७२
मुक्ताकुमारी यादव २६०

दलित खुला (३)
जीवन परियार ४८०
मीन विश्वकर्मा ४२२
मानबहादुर विश्वकर्मा ४३७
मानबहादुर नेपाली २६९
प्रकाश स्नेही २७८
शम्भु हजारा दुसाद २५४

दलित महिला (२)
लक्ष्मी परियार ४९९
सुजाता परियार ४८७
विमला नेपाली ३४५
कविता सरदार ३४७
रूपा विक १३७

२९ फागुन २०७२ / ११:००

वि.सं.२०७२ फागुन २९ शनिवार ११:०१ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...