back

एडिबीले भौतिक पूर्वाधारमा सहयोग गर्ने

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले सडक, यातायात र रेलमार्ग निर्माण लगायत भौतिक पूर्वाधारको विकासमा सहयोग गर्ने इच्छा देखाएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मन्त्री  विजयकुमार गच्छदारसँगको भेटमा बैंकका उपाध्यक्ष वाङ काई झाङले पूर्वाधार विकासमा सहयोग गर्ने इच्छा देखाएका हुन् ।

मन्त्री गच्छदारका निजी सचिव तिलक पौडेलका अनुसार सन् २०२२ सम्म नेपाललाई अल्प विकसितबाट विकासशील देशमा पु¥याउनका लागि बैंकले सहयोग गर्ने इच्छा प्रकट गरेका छ ।

सो अवसरमा सन् २०३० को दिगो विकास लक्ष्य पूरा गर्ने उद्देश्यले बैंकले पूर्वाधार विकासमा सहयोग गर्ने सोंच बनाएको उपाध्यक्ष झाङले उपप्रधानमन्त्री गच्छदारलाई बताए ।

भेटमा विभागका आयोजना निर्देशक केशवकुमार शर्माले पूर्वाधार विकासका लागि १ अर्ब अमेरिकी डलर सहयोग माग गरेकामा उपाध्यक्ष झाङले यससम्बन्धी लिखित प्रस्ताव बनाई विधिवत् पेस गर्न सुझाव दिएका थिए। यही चैत ११ गते नेपालको भ्रमणमा आएका उपाध्यक्ष झाङले छानिएका आयोजनाको अवलोकन गर्ने कार्यक्रम छ ।

प्रकाशितः २०७२ चैत्र १३

वि.सं.२०७२ चैत १३ शनिवार १३:२१ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...