back

बैंकबाट नौ करोड ठगी गर्ने व्यक्ति पक्राउ

काठमाण्डौं । महानगरीय अपराध महाशाखाले क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी लिमिटेडबाट नौ करोड रुपैयाँ कर्जा लिएर ठगी गरेका काठमाडौँ गागलफेदीका ४७ वर्षीय पुष्करराज खड्कालाई पक्राउ गरेको छ ।

खड्काले पारिवारिक हाउजिङ डेभलपमेन्ट प्रालि नामक कम्पनी खडा गरी रकम अपचलन एवम् बैंकिङ कसुर गरेका हुन् । महाशाखाका अनुसार पुनरावेदन अदालत, पाटन ललितपुरबाट २०७१ वैशाख २९ गतेको फैसलाले उनलाई तीन वर्ष कैद र नौ करोड बिगो भराई जरिवाना तोकेको थियो । प्रहरीले खड्कालाई बौद्धस्थित बाहुनधाराबाट आइतबार पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि सोमबार काठमाण्डौं जिल्ला अदालत पठाइएको छ ।

२३ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत २३ मंगलवार १०:५३ मा प्रकाशित

You can share this post!

एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा, के हो इन्स्टा बाइ ? यस्तो छ सुविधा

एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा, के हो इन्स्टा बाइ ? यस्तो छ सुविधा

वि.सं.२०७९ माघ २३ सोमवार १९:१६

काठमाडौं । एनएमबि बैंकले आफ्नो नयाँ क्रेडिट कार्ड किस्ता सुविधा...

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो वर्तमान आर्थिक वित्तीय अवस्था (हेर्नुहोस् पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो वर्तमान आर्थिक वित्तीय अवस्था (हेर्नुहोस् पूर्णपाठ)

वि.सं.२०७९ माघ २३ सोमवार १८:५३

काठमाडौ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक वित्तीय अवस्था...

५४ हजार ७२६ कित्ता बिक्री भयो नबील बैंकको सेयर, प्रतिकित्ता कति ?

५४ हजार ७२६ कित्ता बिक्री भयो नबील बैंकको सेयर, प्रतिकित्ता कति ?

वि.सं.२०७९ माघ २३ सोमवार १५:३०

काठमाडौं । सोमबार नबील बैंकको सेयर मूल्य घटेको छ ।...

सनराइज बैंकले शेयरधनीहरुलाई गर्यो यस्तो आग्रह

सनराइज बैंकले शेयरधनीहरुलाई गर्यो यस्तो आग्रह

वि.सं.२०७९ माघ २३ सोमवार १३:१४

काठमाडौं । सनराइज बैंक लिमिटेडले ५ वर्ष पुरानो लाभांश बुझिलिन...

ग्राहकहरुको खाता नम्बर परिवर्तन सम्बन्धि मेगा बैंकले निकाल्यो यस्तो सूचना

ग्राहकहरुको खाता नम्बर परिवर्तन सम्बन्धि मेगा बैंकले निकाल्यो यस्तो सूचना

वि.सं.२०७९ माघ २३ सोमवार १३:०१

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले साविक मेगा बैंक...

ग्रामीण क्षेत्रलाई लक्षित गरि नबिल बैंकको शाखा विस्तार

ग्रामीण क्षेत्रलाई लक्षित गरि नबिल बैंकको शाखा विस्तार

वि.सं.२०७९ माघ २३ सोमवार १२:२७

बागलुङ । नेपाल राष्ट्र बैंकबाट क वर्गको ईजाजात पत्र पाएको...