
काठमाण्डौं । बंगलादेश सरकारले भूकम्पपीडितका लागि भनेर आएको चामल भूकम्पपीडितलाई बाँड्नुका सट्टा १० महिना गोदाममा थन्क्याएपछि अन्ततः सरकारले बेच्ने तयारी गरेको छ।
यसका लागि आपूर्ति मन्त्रालयले खाद्य संस्थानलाई बंगलादेशबाट आएको ७८ हजार २ सय ९५ क्विन्टल परिमाणको चामल बिक्री गर्न भन्दै पत्राचार गरेको छ । चामलको मूल्य तोकेर बिक्री गर्ने वा भूकम्पपीडितलाई दिने भन्ने सम्वन्धमा मन्त्रालयस्तरीय निर्णय हुन नसक्दा चामल धेरै समयसम्म गोदाममा थन्किएको हो ।
यसअघि राष्ट्रिय मानवअधिकार आयोगले समेत पीडितका लागि आएको चामल पीडितलाई नै वितरण गर्न दवाव दिएको थियो।
गत जेठको अन्त्यतिर बंगलादेशले पठाएको चामल बिर्तामोडमा ६१ हजार ६९ दशमलव ५०, काठमाडौंमा १६ हजार ३ सय ९० दशमलव ५०, लाहानमा ३ सय ३५ र पोखरामा ५ सय क्विन्टल थन्किएको छ।
२४ चैत २०७२, ११.०
वि.सं.२०७२ चैत २४ बुधवार ११:४७ मा प्रकाशित