back

यसपाली जानेछन् ३१ सय नेपाली कामदार कोरिया

Kumari bank ad

काठमाण्डौं । सन् २०१६ का लागि दक्षिण कोरियामा रोजगारीका लागि करिब ३१ सय जना नेपाली जान पाउने भएका छन्। वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले शुक्रबार सूचना आह्वान गरी उत्पादनमुलक क्षेत्रमा १ हजार र कृषि तथा पशुपालन तर्फ २१ सय जना नेपाली कोरिया पठाउन सक्ने जानकारी दिएको छ।

इपिएस कोरिया शाखाले त्यसका लागि भाषा परीक्षामा सहभागी हुन आह्वान गरेको छ। परीक्षा २०७३ सालको असार ४ र ५ गते हुनेछ। कोरिया भाषा परीक्षामा सहभागी हुन १८ देखि ३९ वर्षभित्रका नेपाली नागरिकले आवेदन दिन पाउनेछन्।

यसका लागि फौजदारी अभियोग नलागेको र कोरियामा गैर कानुनी रुपमा बसेर फिर्ता नपठाइएको ब्यक्ति हुनुपर्नेछ। आवेदन फाराम वैशाख १५ देखि १९ गतेसम्म काठमाडौं उपत्यकाका ६ वटा र काठमाडौं बाहिरका ५ वटा केन्द्रमा बुझाउन सकिने इपिएस कोरिया शाखाले जनाएको छ।

काठमाडौंमा ललितपुर बालकुमारीको च्यासल खेलमैदान, महाराजगञ्जको काठमाडौं भ्याली उच्च मावि, कीर्तिपुरको ल्याबोरेटोरी उच्च मावि, ललितपुर सातदोवाटोको महेन्द्र आदर्श विद्याश्रम र गौशालाको नेपाल वेद विद्याश्रमममा बुझाउन सकिनेछ। त्यस्तै काठमाडौं बाहिर धरानको धरान सभागृह, रुपन्देहीको बुटवल प्रदर्शनी मण्डप, पोखरा बाटुलेचौरको विन्द्यवासिनी उच्च मावि, डडेल्धुराको जिल्ला प्रशासन कार्यालय, कर्मचारी मिलन केन्द्र र जनकपुरको श्रम कार्यालयमा पनि बुझाउन सकिने इपिएस कोरिया शाखाले जनाएको छ।

२६ चैत २०७२, १०.००

वि.सं.२०७२ चैत २६ शुक्रवार ११:३९ मा प्रकाशित

You can share this post!

केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँमा सौर्य मिनिग्रेट निर्माण हुँदै   

केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँमा सौर्य मिनिग्रेट निर्माण हुँदै   

वि.सं.२०८० असोज १६ मंगलवार १३:४३

जाजरकोट, १६ असोज : कुशे गाउँपालिका–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण...

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट   

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट   

वि.सं.२०८० असोज १६ मंगलवार १३:३२

इस्लामाबाद, १६ असोज : अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक...

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२९

साओ पाउलो, १६ असोज : गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको...

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२३

पर्सा, १६ असोज : नियमित कक्षा सञ्चालनको माग गरेपछि यहाँ...

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

वि.सं.२०८० असोज १६ मंगलवार १३:१९

काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने अनुमति पाएको...

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

वि.सं.२०८० असोज १६ मंगलवार १२:१८

काठमाडौं । नेप्सेमा एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ। मंगलबार...