
काठमाडौं । पहुँच र प्रभावका भरमा राजनीतिक नियुक्ति पाएका करिब ५०० कर्मचारी बर्खास्त गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई निर्देशन दिएको छ ।
मापदण्ड र नियमविपरित शक्तिकेन्द्रको सिफारिसमा विभिन्न मन्त्रालय, विभाग, संस्थान, परियोजवना, स्वास्थ्य, इन्जिनियरिङ, बोर्ड, विश्वविद्यालयलगायतका नियुक्ति पाएका कर्मचारीलाई बर्खास्त गर्न अख्तियारले निर्देशन दिएको हो ।
निर्देशन दिनुअघि प्रमुख आयुक्त लोकमान सिंह कार्कीको अध्यक्षतामा आयोगका पदाधिकारी, सचिव तथा सम्बन्धित महाशाखाका अधिकारी सम्मिलित बैठक बसेको थियो । आजको कारोबार दैनिकमा खबर छ ।
प्रकाशितः २०७३ वैशाख १६
वि.सं.२०७३ वैशाख १६ बिहीवार ११:०० मा प्रकाशित