
काठमाडौं। भूकम्प प्रभावित क्षेत्रमा अन्तराष्ट्रिय गैरसरकारी संस्था, गैरसरकारी संस्था तथा अन्य विभिन्न संघ संस्थाले अबौं रुपैयाँ उठाएको पाइएको छ ।
यी संस्थाहरुले भूकम्पपीडितलाई आपतकालीन राहत उपलव्ध गराउन भन्दै ३० अर्ब रुपैयाँभन्दा बढी विभिन्न स्रोतबाट प्राप्त गरेको भएपनि त्यसअनुसार पीडितले राहत पाएका छैनन् ।
वैशाख १२ देखि पुस १६ गतेसम्म विभिन्न आइीएनजिओ, एनजिओ निजी संस्था तथा रेडक्रसलगायतका संघसंस्थाले ३० अर्ब रुपैयाँ भन्दा बढी रकम भूकम्पपीडितका नाममा संकलन गरेका हुन् ।
यी संघसंस्थाले हालसम्म नेपालका भूकम्पपीडितको नाममा कति रकम उठाए र खर्च गरे भन्ने सार्वजनिक समेत गरेका छैनन् ।
मानवीय मामिला समन्वय गर्ने संयुक्त राष्ट्रसंघीय कार्यालयका अनुसार विभिन्न १ सय २५ भन्दा बढी आइएनजिओ, एनजिओ, निजी संघसंस्थालगायतले ३० अर्ब रुपैयाँ बढी रकम संकलन गरेका हुन् । नागरिक दैनिकमा खबर छ ।
प्रकाशितः २०७३ वैशाख १८
वि.सं.२०७३ वैशाख १८ शनिवार १०:०५ मा प्रकाशित