
काठमाण्डौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले चालु आर्थिक वर्षको चैत मसान्तमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ करोडले नाफा बढाएको छ । नाफा कमाएसँगै यसले २५ प्रतिशत बोनस दिने भएकोछ ।
२५ प्रतिशत बोनस पाउनका लागि कम्पनीको शेयर कारोबारमा चाप बढेको छ । २ दिन अघिसम्म बढेको कम्पनीको शेयर मुल्य पछिल्ला २ दिनमा घट्दा बुधबार ३ हजार ९ सय ९९ रुपैंया प्रतिकित्ताका दरले किनबेच भएको छ ।
इन्स्योरेन्सले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २४ करोड ९० लाख ४२ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको चैत मसान्तमा कम्पनीले १९ करोड ४८ लाख रुपैंया खुद नाफा कमाएको थियो ।
५ अर्ब ३२ करोड ८१ लख ९९ हजार रुपैंया खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले ५६ करोड ७९ लाख ६६ हजार रुपैंया बराबरको खुद बीमा दाबी भुक्तानी गरेको छ । ५ लाख १८ हजार ५ सय ४६ वटा बीमालेख जारी गरेको इन्स्योरेन्सको यस वर्षको अन्त्यमा भुक्तान हुनु पर्ने दाबी रकम १ करोड २१ लख ९३ हजार रुपैंया छ ।
चुक्ता पूँजी ८५ करोड ५५ लाख ६२ हजार ५ सय रुपैंया रहेको कम्पनीको जगेडा कोषमा ३४ करोड ७५ लाख ३६ हजार रुपैंया सञ्चित छ । २० अर्ब २४ करोड ८३ लाख ५० हजार रुपैंयाको जीवन बीमा कोष रहेको कम्पनीको महाविपत्ती जगेडा ५करोड ६० लाख ८७ हजार रुपैंयाको छ ।
जेठ ११ गते हुने साधारण सभाका लागि कम्पनीले बैशाख ३० गतेदेखि जेठ ११ गतेसम्म बुक क्लोज हुने जनाएको छ ।
२३ बैशाख २०७३, १.००
वि.सं.२०७३ वैशाख २३ बिहीवार १३:५२ मा प्रकाशित