
काठमाण्डौं । सेयर बजारमा आज अहिलेसम्मकै उच्च कारोबार भएको छ । बजारमा १३५ कम्पनीको एक अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबार रकममा भएको उत्साहजनक प्रगतिसँगै सुचक पनि दोहोरो अंकले उक्लिएको छ । बजार १० अंकले बढेर १५०९ अंकमा पुगेको छ । आइबार सेयर बजारले रकम र सुचक दुबैको रेकर्ड तोडेको हो ।
बिमा कम्पनीमा लगानीकर्ताहरुको आकर्षणले गर्दा सेयर बजारको कारोबार बढेको हो । आइतबार बजारमा नेशनल लाइफको ६ करोड ६५ लाख, एनबी बैंकको ६ करोड ६२ लाख र शिखर इनस्योरेन्सको पाँच करोड १७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
बिमाको सुचक अहिलेसम्मकै उच्च अंकले बढेको छ । बिमा सुचक ३३६.८२ अंकले बढेको छ । आज आइतबार १५ कम्पनीका सेयर लगानीकर्ताले १० प्रतिशतका हाराहारीमा सम्पति वढाएका छन् । धेरै कमाउने १० कम्पनीमा आठ वटा बिमाका छन् ।
९ जेठ २०७३, ३.३०
वि.सं.२०७३ जेठ ९ आइतवार १५:५५ मा प्रकाशित