back

ट्रेड युनियन निर्वाचन परिणाम : एमालेको वर्चस्व

Kumari bank ad

काठमाण्डौं । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको नेता छान्न भएको चुनाबमा एमाले भातृ संगठन निजामती कर्मचारी संगठनले वर्चश्व जमाएको छ।

बुधबार भएको निर्वाचनको नतिजा बिहीबार बिहान आएको हो। देशभरि ४२ विभागीय र ७५ जिल्ला कार्यसमिति गरी ११७ स्थानको चुनावी परिणाम सार्वजनिक भएको हो। नतिजाअनुसार एमालेको नेपाल निजामती कर्मचारी संगठनले ८२ स्थानमा विजय हासिल गरेको छ। कांग्रेसको निजामती कर्मचारी युनियनले २५ स्थानमा चित्त बुझाएको छ भने मधेसी निजामती कर्मचारी मञ्च ७ स्थानमा विजयी भएको छ।

निर्वाचनमा कार्यालय प्रमुख नरहेका शाखा अधिकृत र सोभन्दा तल्लो तहका ५५ हजार ३२९ कर्मचारीले मतदान गरेका थिए। चुनाबमा सबैभन्दा बढी स्थान ल्याउने अध्यक्ष र कोषाध्यक्ष, दोस्रो हुने महासचिव र तेस्रो हुने उपाध्यक्ष र चौथो हुने सचिव पाउने व्यवस्था छ।

२० जेठ २०७३, ११.३०

वि.सं.२०७३ जेठ २० बिहीवार १२:३३ मा प्रकाशित

You can share this post!

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री   

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८० फागुन २१ सोमवार १६:१८

काठमाडौँ, २१ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले...

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान   

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान   

वि.सं.२०८० फागुन २१ सोमवार १५:५०

चितवन, २१ फागुनः दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले...

प्रहरीमा उजुरी र गुनासो गर्न क्युआर कोड प्रयोगमा   

प्रहरीमा उजुरी र गुनासो गर्न क्युआर कोड प्रयोगमा   

वि.सं.२०८० फागुन २१ सोमवार १५:०४

गोरखा, २१ फागुन : जिल्ला प्रहरी कार्यालयले प्रहरीलाई उजुरी गर्न...

विद्यालयलाई प्रविधिमैत्री बनाउन वडा कार्यालयबाट ल्यापटप हस्तान्तरण  

विद्यालयलाई प्रविधिमैत्री बनाउन वडा कार्यालयबाट ल्यापटप हस्तान्तरण  

वि.सं.२०८० फागुन २१ सोमवार १४:५८

बलेवा (बागलुङ), २१ फागुन : बागलुङको जैमिनी नगरपालिका–१ को वडा...

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी   

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी   

वि.सं.२०८० फागुन २१ सोमवार १४:५३

सङ्गीता राई धरान (सुनसरी), २१ फागुन : एउटा उखान छ,...

मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’

मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’

वि.सं.२०८० फागुन २१ सोमवार १४:१४

काठमाडौ । मेरिना इम्पेक्सले यस बर्षको बेष्ट टेलरिङ अवार्ड पाएको...