back
NMB ad

तीन अर्ब लगानीमा लिपिङ खोला जलविद्युत निर्माण हुने

Kumari bank ad

चौतारा । सिन्धुपाल्चोकको तातोपानी गाविस–३ स्थित लिपिङ खोला जलविद्युत आयोजना निजी क्षेत्रबाट निर्माण गरिने भएको छ ।

हिमरिभर हाड्रोपावर कम्पनीको तीन अर्ब लगानीमा निर्माण गरिने १६.२६ मेगावाटको उक्त आयोजनाको शुक्रबार नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (पिपिए) भएको प्रबन्ध सञ्चालक रामकाजी पौडेलले जानकारी दिनुभयो ।

आयोजनाको लागि प्रवेश मार्ग बनाउनुनपर्ने हुँदा केही सस्तो पर्ने बताइएको छ । विसं. २०७७ साल वैशाखमा सम्पन्न गर्ने लक्ष रहेको सो आयोजना गौरिशंकर संरक्षण क्षेत्र र नेपाल – चीनको सीमानामा पर्दछ ।

उक्त आयोजनाको वातावरणीय प्रभाब मुल्याङ्कनको कामसमेत सम्पन्न भइसकेको छ । विद्युत विकास विभागबाट केही दिनभित्रै उत्पादन अनुमति प्राप्त हुने प्रवन्ध सञ्चालक पौडेलले बताउनुभयो ।

एक हजार १०० मिटर पेनस्टक पाइप र एक हजार ३०० मिटर हेडरेस पाइपद्वारा पानी खसालिने आयोजनाको हेड ८०० मिटर रहने छ । त्यहाँ उत्पादित विद्युतलाइ ३४ किलोमिटर प्रशारण लाइनमार्फत लामोसाँघुस्थित सब स्टेसनमा आवद्ध गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ ।

जिल्लामा यो बाहेक निजी क्षेत्रबाट छ वटा आयोजनाको निर्माणकार्य भइरहेको छ । कुल २१२.९ मेगावाटका ती आयोजनाबाट आगामी एक वर्षदेखि दुई वर्षभित्र १७३.९ मेगावाटको पाँच वटा आयोजना सम्पन हुने छन् भने ३९ मेगावाटको एक आयोजनामा चार वर्षभित्र सम्पन्न गरिने कार्यक्रम रहेको छ ।
प्रकाशितः २०७३ जेठ २९

वि.सं.२०७३ जेठ २९ शनिवार १६:३८ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...