back
NMB ad

बोर्डद्वारा सवा दुई लाख कफीका विरुवा वितरण !

Kumari bank ad

पाँचथर, ३२ जेठ । राष्ट्रिय कफी विकास बोर्डले पाँचथर, तेह्रथुम र इलाममा यस वर्ष किसानलाई दुई लाख १५ हजार कफीका बिरुवा वितरण गर्ने भएकोछ ।

बोर्डले जिल्लाको रानीगाउँस्थित उत्तम कफी फलफूल केन्द्रमार्फत किसानलाई ५० प्रतिशत अनुदानमा कफीका बिरुवा वितरण सुरु गरेको केन्द्रका प्रमुख पुण्य चौलागार्इंले जानकारी दिए । केन्द्रले अहिले प्रतिवटा कफीको बिरुवा १२ रुपैयाँ ५० पैसामा बिक्री वितरण गरिरहेको छ ।

“पाँचथरमा एक लाख तथा तेह्रथुममा १७ हजार बिरुवा वितरण गरिसकेका छौँ,” उनले भने । जिल्लाको नाँगी, थर्पु, सुभाङ, फिदिम नगरपालिका, माङ्जाबुङ, रानीगाउँ, फाक्तेप र स्याबरुम्बा गाविसका किसानलाई कफी कृषक समूहमार्फत बिरुवा वितरण गरिरहेको चौलागाईंले बताए ।

तेह्रथुम आठराई कफी उत्पादक कृषक समूहका उपाध्यक्ष इन्द्रकुमार इङ्नामका अनुसार जिल्लाको आठराई कफी उत्पादक समूहमार्फत आठ वटा गाविसका सात सय किसानले करिब १७ हजार बिरुवा रोपिसकेका छन् ।

३२ जेठ २०७३, १२।००

वि.सं.२०७३ जेठ ३२ मंगलवार १२:४६ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...