back
NMB ad

नेपालको अर्थतन्त्रमा तेस्रो धक्का लाग्ने, के होला अब ?

Kumari bank ad

काठमाण्डौं । विश्व बैंकले नेपालको अर्थतन्त्रमा तेस्रो धक्का लाग्ने चेतावनी दिएकोछ । भूकम्प र भारतले लगाएको नाकाबन्दीलाई पहिलो र दोस्रो धक्का रुपमा व्याख्या गर्दै विश्व बैंकले नेपाल भित्रने रेमिटेन्स घट्न सक्ने र त्यसको निकै ठूलो असर अर्थतन्त्रमा पर्ने भन्दै यसलाई तेस्रो धक्का हुने चेतावनी दिएको छ ।

बैंकले हिजो बुधबार नेपाल डेभलपमेन्ट अपडेट सम्बन्धी अध्ययन सार्वजनिक गर्दै यस्तो चेतावनी दिएको हो । यस वर्ष रेमिटेन्सको जोखिम शीर्षकमा अध्ययन भएको थियो । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म रेमिटेन्सको बृद्धिदर १० प्रतिशतको हाराहारीमा छ । डलरको भाउ बढेको कारण पनि रेमिटेन्स बृद्धि बढी भएको हो । दुई वर्षअघिसम्म रेमिटेन्सको बृद्धिदर ३० प्रतिसतको हाराहारीमा थियो ।

वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा विशेषगरी मलेशिया जाने कामदारको सख्या उच्च दरले घट्यो । त्यस्तै तेलको भाउ घटेपछि खाडी मुलुकमा कामदारको माग पनि घट्न थाल्यो ।

यसले नेपाल भित्रने रेमिटेन्सको मात्रामा असर पार्ने अनुमान विश्व बैंकको छ । रेमिटेन्सको मात्रामा थोरै गिरावट आउँदा पनि नेपालको अर्थतन्त्रमा ठूलो असर देखिने छ, विश्व बैंकले सार्वजनिक गरेको रिपोर्टमा उल्लेछ छ ।

रेमिटेन्स १० प्रतिसतले घट्दा नेपालको कुल गार्हस्थ उत्पादन ९आर्थिक बृद्धिदर ० ३ प्रतिसत विन्दुले घट्छ । बैंकले उदाहरण दिदै भनेको छ, सन् २०१८मा नेपालको आर्थिक बृद्धिदर ४।४ प्रतिसत हुन्छ भने रेमिटेन्स १० प्रतिसतले घट्दा यस्तो बृद्धिदर १।३ प्रतिसतमा झर्नेछ । त्यस्तै आयातमा आउने गिरावटले सरकारी राजस्वमा असर पार्छ ।

सन् २०१५मा मात्रै साढे ६ खर्बको हाराहारीमा रेमिटेन्स भित्रिएको थियो । वैदेशिक सहायताको तुलनामा नेपालले दस गुणा बढी र निर्यात व्यापारको तुलनामा साढे दुई गुणा बढी रकम रेमिटेन्सबाट भित्रिने गरेको छ ।

२ असार २०७३, ९।००

वि.सं.२०७३ असार २ बिहीवार १२:५७ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...