back
Kumari Bank

अब गाईवस्तुलाई पनि ‘रिफ्लेक्टर’ !

Nepal Bank

भक्तपुर । काठमाडौं–भक्तपुर छ लेन सडकको थिमि–सूर्यविनायक खण्डमा रहेका छाडा पशुलाई रातका समयमा ‘रिफ्लेक्टर’ लगाइदिने काम भएको छ ।

जिल्ला पशु सेवा कार्यालय भक्तपुर, भक्तपुर पशुकल्याण समाज, हेल्प एनिमल इन्डिया र भेट फर योर पेटको संयुक्त आयोजनामा आज थिमि चोकदेखि सूर्यविनायक चोकसम्मका छाडा गाईवस्तुको घाँटी तथा खुट्टामा रिफ्लेक्टर लगाइदिइएको हो । रिफ्लेक्टरमा बिजुली वा गाडीको प्रकाश परेपछि टल्कन्छ र गाईवस्तु सो स्थानमा रहेको थाहा हुन्छ ।

विशेषगरी राति छाडा पशुका कारण सवारी दुर्घटनामा वृद्धि हुन थालेपछि त्यसको न्यूनीकरण गर्न रिफ्लेक्टर लगाइदिइएको भक्तपुर पशुकल्याण समाजका टोली नेता डा प्रणवराज जोशीले बताए ।

पहिलो चरणको कार्यक्रम अन्तर्गत ३५ गाईवस्तुलाई रिफ्लेक्टर लगाइएको छ । सो काम प्रभावकारी भएमा छिट्टै जिल्लाका अन्य स्थानका छाडा पशुमा समेत लगाइदिने योजना छ । छ लेन सडकको लोकन्थली–सूर्यविनायक खण्डमा छाडा गाईवस्तुका कारण दैनिक सवारी दुर्घटना हुने गरेको महानगरीय ट्राफिक प्रहरी परिसर सल्लाघारीले जनाएको छ ।

५ असार २०७३, ११.००

वि.सं.२०७३ असार ५ आइतवार १३:१७ मा प्रकाशित

You can share this post!

लक्ष्मी सनराइज बैंक र IFC बीच रणनीतिक साझेदारी, जोखिम व्यवस्थापन र दिगो वित्त प्रवर्द्धनमा सहकार्य

लक्ष्मी सनराइज बैंक र IFC बीच रणनीतिक साझेदारी, जोखिम व्यवस्थापन र दिगो वित्त प्रवर्द्धनमा सहकार्य

वि.सं.२०८२ असार १३ शुक्रवार १२:३६

काठमाडौं : लक्ष्मी सनराइज बैंक लिमिटेडले आफ्ना सञ्चालन प्रणालीलाई थप...

वैदेशिक रोजगारीको आईपीओ आवेदन अवधि घटाइँदै, अब कति दिन सम्ममा दिइसक्ने आवेदन ?

वैदेशिक रोजगारीको आईपीओ आवेदन अवधि घटाइँदै, अब कति दिन सम्ममा दिइसक्ने आवेदन ?

वि.सं.२०८२ असार १३ शुक्रवार १२:२२

काठमाडौं : वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओमा अब आवेदन...

सिटिजन्स म्युचुअल फण्डको ‘सदाबहार योजना’ खुला, आजदेखि आवेदन दिन सकिने

सिटिजन्स म्युचुअल फण्डको ‘सदाबहार योजना’ खुला, आजदेखि आवेदन दिन सकिने

वि.सं.२०८२ असार १३ शुक्रवार १२:११

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत ‘सिटिजन्स सदाबहार योजना’ नामक...

एसईई नतिजा मोबाइलमै: स्प्यारो एसएमएसले राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्य, कसरी हेर्ने ?

एसईई नतिजा मोबाइलमै: स्प्यारो एसएमएसले राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्य, कसरी हेर्ने ?

वि.सं.२०८२ असार १३ शुक्रवार ११:१६

काठमाडौं : कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते   

ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते   

वि.सं.२०८२ असार १३ शुक्रवार १०:५८

चितवन : पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जङ्गलमा ग्यास बुलेट...

असार २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्दै पिपुल्स पावर

असार २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्दै पिपुल्स पावर

वि.सं.२०८२ असार १३ शुक्रवार १०:५३

काठमाडौं । पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि हकप्रद शेयर...