back
NMB ad

एमाले प्रदेश कमिटीमा ‘एक व्यक्ति एक पद’

Kumari bank ad

काठमाडौं । सरकारको नेतृत्व गरेको दल नेकपा एमालेले प्रादेशि संरचनामा एक व्यक्ति एक पदको अवधारण अघि सारेको छ । एमाले स्थायी कमिटी बैठकले प्रदेश कमिटीमा एक व्यक्ति एक पदको अवधारणा अघि सारेको हो ।

एकै व्यक्ति दोहोरो जिम्मेवारीमा रहने तर काम भने नगर्ने प्रवृत्ति मौलाउन थालेको निष्कर्षसहित एमालेले प्रदेश कमिटीमा कडाइका साथ यो व्यवस्था गर्न लागेको हो ।

विगतको अनुभवको आधारमा दोहोरो जिम्मेवारी नरहने गरी एमालेले केन्द्रीय विभाग र मातहतका कमिटी वा प्रदेश कमिटीमध्ये एक रोजनुपर्ने गरी मापदण्ड बनाएको छ ।

एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले एक व्यक्ति एक पदको व्यवस्था हुने निर्णय नै भने नगरिको बताए । ‘जिल्ला कमिटी र अञ्चल कमिटीको हाइरारकी मिलाउन मात्रै कुनै एउटा जिम्मेवारी मात्र रहने मापदण्ड बनाइएको हो, तल्लो र माथिल्लो दुवै कमिटीमा बस्न त उपयुक्त भएन नि’, पोखरेलले भने ।

संविधान बामोजिम पार्टी संगठनलाई प्रादेशिक संरचनामा लैजाने निर्णय गर्दै ७ असारमा बसेको एमाले स्थायी कमिटी बैठकले सो मापदण्ड तोकेको हो । राजधानी दैनिकमा खबर छ ।

प्रकाशितः २०७३ असार ११

वि.सं.२०७३ असार ११ शनिवार १०:१६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...