back
NMB ad

सडक निर्माण पूरा, लाभान्वित भए तीन जिल्लाका बासिन्दा !

Kumari bank ad

प्यूठान (बांगेमरोठ) । वर्षौदेखि अँधुरै रहेको गर्तङफेदी–डाडाँगाउँ–फुर्धारा सडकको निर्माण कार्य यसवर्ष पुरा भएको छ । छिमेकी जिल्ला अर्घाखाँची र गुल्मीलाई केन्द्रित गरी निर्माण गरिएको अन्तरजिल्ला जोड्ने उक्त सडकको हालै उद्घाटन गरिएको छ ।

मोटरवाटो उद्घाटन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्यटन प्रवद्र्धन विभाग प्रमुख सूर्य थापाले गाउँमा विस्तार भएको सडकलाई स्थानीयले आय आर्जनको क्षेत्रमा जोड्न सुझाव दिए । ‘जनताको आर्थिक परिवर्तनमा सडक सञ्जालको विशेष योगदान हुन्छ’,उनले भने,‘कृषि र ग्रामीण पर्यटनको यहाँ संभावना छ । यसतर्फ सवैले चासो दिएर लाग्नुपर्छ ।’ बाल्यकालमा अप्ठ्यारो भिरहुँदै अर्घाखाँचीको रतनमारे पढ्न गएको सम्झना गर्दै थापाले विकास निर्माणमा सवै राजनीतिक दलहरुले साझा धारणा बनाएर अघि बढ्नुपर्ने उल्लेख गरे।

pyuthan

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष गिरुप्रसाद भण्डारीले स्थानीय स्रोत साधनलाई सदुपयोग गरी गाउँलेहरु उद्यमी बन्नतर्फ आग्रह गरे । सडक विस्तारले कृषिजन्य सामग्रीहरुको बजारीकरणमा सहज हुनेभएकाले यसतर्फ अग्रसर हुन उनले सुझाव समेत दिए ।

८ लाख ८९ हजार सात सय १ रुपैयाँ कुल लगानीमा निर्माण कार्य सम्पन्न भएको उपभोक्ता समितिका कोषाध्यक्ष राम बहादुर जि।सी।ले जानकारी दिए । जिल्ला विकास समितिबाट ७ लाख १० हजार ४ सय, गाँउलेको जनश्रमदान १ लाख ८ हजार ३ सय र उपभोक्ता समितिले ७१ हजार रुपैयाँ लागनी गरेको मोटरवाटो निर्माणमा लगानी गरेको उनले बताए । उपभोक्ता समितिको सक्रियतामा करिव पौने तीन किलोमिटर दुरीको सडक निर्धारित समयमै पुरा गरिएको उपभोक्ता समितिका अध्यक्ष लिल बहादुर घर्ति क्षेत्रीले जानकारी दिए ।

उपभोक्ता समितिका अध्यक्ष लिल बहादुर घर्ति क्षेत्रिको अध्यक्षता, नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्यटन प्रवद्र्धन विभाग प्रमुख सूर्य थापाको प्रमुख आतिथ्यता, एमाले प्यूठानका उपाध्यक्ष हुकुम बहादुर खड्का र नेपाली कांग्रेस प्यूठानका सदस्य धरम बहादुर जि।सी।को विशेष आतिथ्यता रहेको कार्यक्रमको संचालन उपभोक्ता समितिका सचिव हरी रायमाझीले गरेका थिए ।

‘वर्षौदेखिको गाउँमा गाडी गुडाउने चाहना थियो’,बांगेमरोट–७ प्यूठानका स्थानीय बयोवृद्ध तिल बहादुर परियारले भने, ‘गाउँलेको चाहना यसवर्ष पुरा भो ।’ मोटरवाटो निर्माणले बांगमेराटको विडडाँडा, सौतामारे, पोखरीडाँडा सहित छिमेकी जिल्ला अर्घाखाँचीको हंसपुर, डाँडागाँउ र गुल्मीको पुर्कोटदहका सर्वसाधरण प्रत्यक्ष लाभांवित भएको उनले बताए ।

१४ असार २०७३, २.३०

वि.सं.२०७३ असार १४ मंगलवार १४:५६ मा प्रकाशित

You can share this post!

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...