back
NMB ad

प्रहरीको सामान खरिदमा अनियमितता, १ अर्ब ३२ करोड बेरुजु

Kumari bank ad
नेपाल प्रहरीले विदेशी कम्पनीबाट सामान खरिद गर्दा कानुनविपरीत पेस्की दिएको पाइएको छ। नेपाल एजेन्सी ऐन २०१४ अनुसार दर्ता नै नभएका स्थानीय एजेन्टमार्फत प्रहरीले सामान खरिद प्रक्रिया अघि बढाएको छ।
त्यसरी खरिद गर्न विभिन्न कम्पनीका पाँच स्थानीय एजेन्टलाई १५ करोड ४४ लाख पेस्की दिइसकेको छ। प्रहरीले इलेक्ट्रोनिक सामान र जुत्ता खरिदका लागि यो रकम भुक्तानी दिएको हो। एउटै एजेन्टलाई सात करोड ८९ लाखसम्म पेस्की दिइएको छ। मोटोरोला प्याकेज खरिदका लागि प्रहरीले ग्रेहर्ड इलेक्ट्रोनिक्सलाई सात करोड ८९ लाख पेस्की दिएको हो।
प्रहरीले हाएटेरा सेट खरिदका लागि प्लाटिनम इन्टरप्राइजेजलाई एक करोड ९३ लाख, डिजिटल फरेन्सिक ल्याबको सामान खरिदका लागि नीलगिरी इन्टरप्राइजेजलाई दुई करोड ७४ लाख पेस्की दिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।
त्यस्तै, फरेन्सिक ल्याब इक्युपमेन्ट खरिदका लागि मुक्तिनाथ ट्रेड कन्सर्न एक करोड ५८ लाख दिइएको छ। प्रहरीको पिटी जुत्ता खरिद गर्न आज्ञा इम्पेक्सलाई एक करोड ३० लाख पेस्की दिइएको छ। खरिद व्यवस्थापन आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम २० (३) मा ठेक्कापट्टा स्वीकृत गर्ने काम पहिलो चौमासिकभित्र गरी सक्नुपर्ने व्यवस्था छ।
तर, प्रहरी प्रधान कार्यालयमार्फत भएको ठेक्का व्यवस्थापन तेस्रो त्रैमासिकसम्ममा गरिएको छ। प्रहरीले आफ्नो भण्डारमा भएका जिन्सी सामान मौज्दातको अध्ययन नै नगरी थप खरिद गर्ने गरेको पनि पाइएको छ। सार्वजनिक खरिद नियमावली २०६४ अनुसार सामान खरिद गर्दा आवश्यकताको पहिचान गर्नुपर्ने हुन्छ।
तर, प्रहरी प्रधान कार्यालयले अघिल्लो वर्ष खरिद गरेको ३१ करोड ७७ लाखको कपडा मौज्दात हुँदाहुँदै आर्थिक वर्षको अन्त्यमा त्यही सामान खरिद गरेको पाइएको महालेखाले जनाएको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।
प्रकाशितः २०७३ असार १५

वि.सं.२०७३ असार १५ बुधवार १०:१७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...