काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले रोक्का रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ। सर्वसाधारणलाई निष्काशन गर्न लागेको फर्दर पव्लिक इस्युको मूल्य निर्धारणले सर्वसाधारण लगानीकर्ताहरुमा अन्यौल बढेको र उक्त कारोबारले लगानीकर्ताहरुमा नकारात्मक असर पर्ने हुनाले उक्त कम्पनीको कारोबार रोक्का गरी छानविन अगाडि बढाउन निर्देशन दिएको थियो।
अब त्यस्ता क्रियाकलाप नगर्न बोर्डले सचेत गराई आजबाट कारोबार फुकुवा गर्न निर्देशन दिएको जनाएको छ।
‘एफपीओ मूल्य निर्धारण सम्वन्धमा सर्वसाधारणलाई अन्यौल गराई दोस्रो सेयर बजारको संवेदनशिलतालाई अप्ठेरो पार्न नहुने कुरालाई मनन गर्दै सो कम्पनीको रोक्का सेयर कारोबार फकुवा गरिएको छ।
प्रकाशितः २०७३ असार १६
वि.सं.२०७३ असार १६ बिहीवार ११:३२ मा प्रकाशित