
काठमाण्डौं । ‘बेबी डल’का रुपमा परिचित भारतीय नायिका एवं मोडल सन्नी लियोनीले नेपाल आएको बेला नेपाली ढाका टोपी लगाएकी छिन् । जिंक भोड्को प्रमोशनका लागि नेपाल आएकी सन्नीले ढाका टोपी लगाएकी हुन् ।
ढाका टोपी लगाएको तस्बीर उनले ट्वीटरमा पोष्ट गरेकी छिन् । आफूलाई नेपाली ढाकाटोपी मन परेको र केही समयका लागि लगाउन पाएको उनले बताईकी छिन्। ३ दिनका लागि नेपाल आएकी सन्नी आज स्वदेश फर्किएकी छिन् ।
१६ असार २०७३, ९।००
वि.सं.२०७३ असार १६ बिहीवार १२:०० मा प्रकाशित