back
NMB ad

राष्ट्रपति पुरस्कारबाट पुरस्कृत पाँच कृषक जो कमाउँछन् मासिक करोडसम्म !

Kumari bank ad

काठमाण्डौं । राष्ट्रिय धान दिवसको अवसर पारी सरकारले हिजो असार १५ का दिन राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट ५ जना किसानलाई पुरस्कृत गरेको थियो । कृषकहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले सरकारले सर्वोत्कृष्ट एक जनालाई २ लाख र अरु चारजनालाई एक लाखका दरले पुरस्कृत गरेको हो । कृषि पेशाबाटै उनीहरुले मासिक करिब १० लाख देखि १ करोड रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।  पहिलो हुने कृषक भैंसीपालक कृषक हुन् । अन्य पुरस्कृत कृषकहरु एकीकृत कृषि, मौरीपालन, खाद्यान्न विउ उत्पादन र केरा खेतीमा संलग्न छन् । सरकारले ५ वटा विकास क्षेत्रबाट एक–एक जनालाई पुरस्कृत गरेको हो । हेर्नुहोस् उनीहरुको परिचय :

पश्चिमाञ्चल क्षेत्रः इमानबहादुर गुरुङ

कास्की ७ लाहाचोकका इमानबहादुर गुरुङ सर्वोत्कृष्ट किसानको रुपमा पुरस्कृत भएका छन् ।

लाहाचोक गाविसमा उनले १ सय ९० रोपनी जग्गा भाडामा लिएर भैसी पालन व्यवसाय गर्दै आएका छन् । उनको भैंसी फार्मबाट दैनिक कम्तीमा ३ सय ५० लिटरदेखि ८ सय लिटरसम्म दूध उत्पादन हुनेगर्छ । उक्त व्यवसायबाट गुरुङले ३७ जनालाई रोजगारी दिएका छन् । उनले भैंसी व्यवसायबाट वार्षिक एक करोडभन्दा बढी आम्दानी गर्ने गरेको कृषि मन्त्रालयले जनाएको छ ।

मध्यमाञ्चल क्षेत्रः रङमान तामाङ

रामेछाप, मन्थलीका रङमान तामाङ मध्यमाञ्चल क्षेत्रको उत्कृष्ट कृषकको रुपमा छानिएका छन् । उनी एकीकृत कृषि व्यवसायी हुन् । १ सय ५० रोपनी क्षेत्रफलमा पशुपालन गरेका उनले थप २५ रोपनी जमीनमा अलैंची, ४० हजार चियारकफीका विरुवा उत्पादन र ४० रोपनी क्षेत्रफलमा किवी फल उत्पादन गर्दै आएका छन् ।

यस्तै उनले २५ वटा हेम्पसायर प्रजातिको वंगुर र ३० वटा जमुनापारी प्रजातिका बाख्रा पालन गर्दै आएका छन् । यो व्यवसायबाट उनले ११ जनालाई रोजगारी दिएका छन् । उनको वार्षिक आम्दानी करिब ३७ लाख हुने गरेको छ ।

पूर्वाञ्चल क्षेत्रः देवीकुमारी ओली

झापा, शिवसताक्षी ७ की देवीकुमारी ओली उत्कृष्ट मौरी व्यवसायी बनेर सम्मानित भएकी हुन् । सहकारीमार्फत मौरी व्यवसाय शुरु गरेकी उनले अहिले वार्षिक १३ लाखसम्म आम्दानी गर्ने गरेकी छिन् । यसका अतिरिक्त उनले मौरी पालन तालिम समेत दिँदै आएकी छिन् ।

मध्यपश्चिमाञ्चल क्षेत्रः शर्मा चौधरी

राजापुर नगरपालिका-१२ बर्दियाका शर्मा चौधरी खाद्यान्न एवं तेलहन बाली बीउ उत्पादनका क्षेत्रमा उत्कृष्ट भएका हुन् । उनले बर्दियामा १ सय १३ कट्ठा जमिनमा धान, गहुँ, तोरी आदि उत्पादन गरी वार्षिक ७ लाखसम्म आम्दानी गर्ने गरेका छन् । यस्तै उनलाई बाली सघनतामा जोड दिएको र बीउ संचय गर्ने गरेका कारण पनि सम्मान गरिएको हो ।

सुदूरपश्चिमाञ्चलः विनोदकुमार शाह

सुदूरपश्चिमाञ्चलबाट कैलाली टिकापुर-१४, का विनोदकुमार शाह उत्कृष्ट कृषकका रुपमा पुरस्कृत भएका छन् । उनले करिब ५० हेक्टर क्षेत्रफलमा केरा खेती गरेर वार्षिक करिब १९ लाख १४ हजार आम्दानी गर्ने गरेका छन् । उक्त व्यवसायबाट उनले दैनिक एक सय ५४ जनालाई रोजगारी दिँदै आएका छन् ।
१६ असार २०७३, १२।००

वि.सं.२०७३ असार १६ बिहीवार १३:३० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...