back
NMB ad

वर्षे विकासः सडक पिच र ढल मर्मतमा एक खर्ब सकाउँदै सरकार !

Kumari bank ad

काठमाण्डौं । सरकारले यही असारभित्र अर्थात् अबको १५ दिनमा एक खर्ब रुपैयाँ विकासमा खर्च गर्दैछ । झरी सुरु भएसँगै देशभर अहिले सडक पिच र ढल मर्मतका काम भइरहेका छन्। गुणस्तरको हिसाबले यसरी पिच गरिने सडकको आयु छोटो हुने र भत्कने क्रम नरोकिए भए पनि आर्थिक वर्षको अन्त्यमा हुने विकास खर्चको गति रोकिएको छैन।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्षको अन्तिम १६ दिनमा अहिलेसम्मकै बढी खर्च हुन्छ। यसमा अन्तिम सात दिनमा कुल विकास खर्चको ५० प्रतिशत खर्च हुने सम्भावना छ। अहिले दैनिक एक अर्बभन्दा तलको भुक्तानी गइरहेको देखिन्छ।

महालेखा परीक्षकको कार्यालयले अन्तिम महिनामा त्यसमा पनि अन्तिम १५ दिनमा हुने भुक्तानीले सार्वजनिक खर्च प्रणालीमा पारदर्शिता नल्याएको प्रतिवेदन हरेक वर्ष दिएको हुन्छ।

चालू आर्थिक वर्षको बजेटमा विकास खर्चका लागि दुई खर्ब विनियोजन भए पनि अर्थ मन्त्रालयले संशोधित अनुमानमार्फत एक खर्ब ५९ अर्ब खर्च हुने अनुमान गरेको छ। आर्थिक वर्ष सकिन १५ दिन बाँकी रहेका बेला सरकारले विकास खर्चको संशोधित लक्ष्य पूरा गर्न ९२ अर्ब रुपैयाँ खर्च गर्नुपर्छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार अहिलेसम्म विकास खर्चका लागि ६७ अर्ब रुपैयाँमात्र खर्च भएको छ।

अन्नपूर्ण पोष्ट, १७ असार २०७३, १०।००

वि.सं.२०७३ असार १७ शुक्रवार ११:४२ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...