back
NMB ad

पौने दुई करोडको खानेपानीको परियोजना शिलान्यास, डेढ सय घरधुरी लाभान्वित हुने !

Kumari bank ad

धादिङ । चार किलोमिटर टाढाबाट पानी बोकेर जोहो गर्दै आएका स्थानीय बासी खानेपानी परियोजना सुरु भएपछि दंग परेका छन् । भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको चामभन्ज्याङ खानेपानी परियोजनाले खानेपानीका लागि टाढा जानुपर्ने असुविधा हट्ने र घरआँगनमा नै पानी पाउने आशा स्थानीयवासीले राखेका छन् ।

धादिङको पर्यटकीय क्षेत्रका रुपमा परिचित ज्यामरुङको नौवटा वडा मध्ये ८ नम्बर वडाको चामभन्ज्याङमा बन्न लागेको उक्त खानेपानी परियोजनाको लागत रु एक करोड ७८ लाख छ । करिब एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको परियोजनाबाट १५९ घरधुरीले प्रत्यक्ष लाभ लिनेछन् ।

अविरल झरीका कारण सडक हिलाम्य बनेर सवारी आवतजावत ठप्प हुँदा समेत नेपालका लागि भारतीय राजदूत रणजित रायले एक घन्टाको उकालो पैदल हिँडेर सो परियोजना शिलान्यास गरेका थिए ।

१९ असार २०७३, १।००

वि.सं.२०७३ असार १९ आइतवार १४:३३ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...