back
mega bank Ad
Hero Ad

लक्ष्यभन्दा करिब १० अर्ब बढि उठ्यो राजश्व

काठमाडौ । भूकम्प लगतै भारतको अघोषित नाकाबन्दी खेप्नुपरे पनि आर्थिक वर्ष २०७२/०७३ मा सरकारले तोकिएको लक्ष्य भन्दा करिब १० अर्ब बढि राजश्व संकलन गर्न सफल भएको छ ।

आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयहरुले १ खर्व ९४ अर्व ६७ करोड ६२ लाख ९९ हजार राजस्वको संकलनको लक्ष्य लिएकोमा २०७३ असारसम्म २ खर्व ४ अर्व ४३ करोड ५३ लाख ९२ हजार असुली गरेको छ । अर्थात् लक्ष्यभन्दा ९ अर्व ७५ करोड ९० लाख ९३ हजार वढी राजस्व संकलन गर्न विभाग सक्षम भएको छ ।

२०७३ साल असार महिनासम्मको प्रगति विवरण अनुसार आयकर तर्फ जम्मा १ खर्व १७ अर्व १३ करोड ११ लाख ७४ हजार, मू.अ.कर तर्फ ४९ अर्व ८२ करोड ३५ लाख हजार, अन्तःशुल्क तर्फ ३६ अर्व १९ करोड ३१ लाख ४० हजार, शिक्षा सेवा शुल्क तर्फ ७२ करोड ७ लाख २४ हजार र स्वास्थ्य सेवा शुल्क तर्फ ५६ करोड ६८ लाख १८ हजार समेत जम्मा २ खर्व ४ अर्व ४३ करोड ५३ लाख ९२ हजार असुली भएको विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७२/०७३ को लागि आयकर तर्फ जम्मा १ खर्व ९ अर्व ७ करोड ४७ लाख ४३ हजार, मू.अ.कर तर्फ ४८ अर्व १८ करोड १ लाख ४२ हजार, अन्तःशुल्क तर्फ ३५ अर्ब ९४ करोड ५७ लाख ९२ हजार, शिक्षा सेवा शुल्क तर्फ ६४ करोड ६८ लाख ४८ हजार र स्वास्थ्य सेवा शुल्क तर्फ ८२ करोड ८७ लाख ७४ हजार लक्ष्य समेत जम्मा १९४ अर्व ६७ करोड ६२ लाख ९९ हजार लक्ष्य तोकिएको थियो ।

प्रकाशित मिति ः २०७३ साउन ६

वि.सं.२०७३ साउन ६ बिहीवार २०:३० मा प्रकाशित

You can share this post!

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभा जिल्लाको गोला बजारमा

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभा जिल्लाको गोला बजारमा

वि.सं.२०७९ मंसिर १२ सोमवार २०:३५

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो...

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:१५

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा...

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:०६

काठमाडौं । नेपाल टेलिकमले यही मंसीर ८ गतेदेखि ग्राहकहरुको रुचि...

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४९

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएकाहरूलाई...

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एभरेष्ट बैंकको मूल्य समायोजन...

नेप्सेद्वारा यी दुई कम्पनीको शेयर कारोबार फुकुवा

नेप्सेद्वारा यी दुई कम्पनीको शेयर कारोबार फुकुवा

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:३५

काठमाडौं । मर्जरका कारण नेप्सेमा शेयर कारोबार रोकिएका नेपाल क्रेडिट...