back
NMB ad

ट्याक्सी किन्न भूकम्प पीडितको २५ सय आवेदन

Kumari bank ad

काठमाडौं । सरकारले भूकम्प प्रभावितका लागि नयाँ ट्याक्सी दता गर्न आवेदन खुलाएको दुई दिनमै २५ सय भन्दा बढीले आवेदन दिएका छन् । बुधबार एक हजार १ सय २ र बिहिबार एक हजार ४ सय गरी दुई हजार ५ सय २ आवेदन दर्ता भएको यातायात व्यवस्था कार्यालय, सानारठूला सवारी, वाग्मतीका कार्यालय प्रमुख तिलक पौडेलले जानकारी दिए ।

“यही गतिमा आवेदन दर्ता भएमा एकमहिने अवधिमा १५ हजारभन्दा बढी ट्याक्सीका लागि आवेदन दर्ता हुने देखिन्छ, लामो समयदेखि दर्ता बन्द रहेकाले अति प्रभावित १४ जिल्लाका भूकम्पपीडितले आवेदन दर्ता गराएका हुन्”– उनले भने । गत वर्ष विभागले एक हजार ८ सय ट्याक्सी गोलाप्रथाद्वारा छनोट गरेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रिस्तरीय निर्णयअनुसार बुधबारदेखि ट्याक्सी दर्ताको प्रक्रिया सुरु भएको हो । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितले दर्ता गर्न पाउने गरी विसं २०७२ जेठ २८ र सोही वर्षको चैत २१ को मन्त्रिस्तरीय निर्णयअनुसार दर्ता खोलिएको मन्त्रालयले जनाएको छ ।

ट्याक्सी दर्ताका लागि साउन ५ गतेदेखि भदौ २ गतेसम्मको समय तोकिएको यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए । आजको कारोबार दैनिकबाट

  प्रकाशितः २०७३ साउन ७

वि.सं.२०७३ साउन ७ शुक्रवार १०:१५ मा प्रकाशित

You can share this post!

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:४२

खजुरा (बाँके), १६ वैशाख : नेपालगञ्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर...