back
NMB ad

बाबुराम भन्छन्– ओलीका मुद्दा सही छन्, हाँसेर किन उडाउनु ?

Kumari bank ad

धनगढी । नयाँ शक्ति नेपालका संयोजक एबम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिका लागि उठाएका मुद्दा सही भएको बताएका छन् ।

शुक्रबार दिउँसो धनगढी बजारमा प्रदेश नं ७ का कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै उनले ओलीका मुद्दा सही भएकाले हाँसी मजाकको विषय बनाउन नहुनेमा जोड दिए ।

‘हाँसो मजाकमा उडाए पनि आर्थिक सम्वृद्धि र देशको विकास गर्न प्रधानमन्त्री ओलीबाट उठाइएका मुद्दाहरु सही छन्’, उनले भने, ‘ओलीको देश विकास र आर्थिक समृद्धिको मुद्दालाई हाँसोको विषय बनाइनुहुन्न । देश विकासका लागि अब आर्थिक क्रान्तिको जरुरी भइसकेको छ ।

प्रधानमन्त्री ओली नौ महिने छोटो कार्यकालमा पनि सफल हुनुमा उनका सल्लाहकारहरुको ठूलो हात रहेको उनको भनाइ थियो । उनले सल्लाहकारहरुले राम्रो सुझाव दिएकाले ओलीले देश विकासको मार्गचित्र ल्याउन सकेको उल्लेख गरे ।

बाबुरामले भारतले दसगजा मिचेर बनाएका बाँधका कारण मधेसका बस्ती डुबानमा परेको बताउँदै विपत्तिमा परेका जनतासँग नयाँ शक्तिका कार्यकर्ता जोडिनुपर्नेमा जोड दिए ।

फरक प्रसंगमा बाबुरामले आआफ्नो नेतृत्वमा चुनाव गराउने मनशाय राखेर सरकार परिवर्तनको खेल भएको टिप्पणी गरे ।

डा भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको व्यवस्था नभएसम्म देशमा राजनीतिक स्थिरता कायम हुन नसक्ने उल्लेख गर्दै यसका लागि राष्ट्रिय अभियान चलाएर जनमत तयार गर्नुपर्ने बताए ।कारोबार दैनिकमा खबर छ ।

वि.सं.२०७३ साउन १५ शनिवार १०:२२ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...