back
NMB ad

सिनर्जी हाइड्रोको ७ लाख कित्ता सेयर आजबाट निस्कासित, ३० गतेसम्म मिल्ने !

Kumari bank ad
काठमाण्डौं । सिनर्जी पावर डेभ्लपमेन्ट कम्पनीले बिद्युत आयोजना प्रभावित दोलखाका ६ गाउँ बिकास समितिका जनताका लागि सात लाख कित्ता साधारण सेयर आज साउन १६ गते आईतबारदेखि निश्काशन गरेको छ ।
कम्पनीले साउन १६ गतेदेखि साउन ३० गतेसम्मको अवधिमा सो सेयर सम्बन्धित गाउँ बिकास समितिका बासिन्दाहरुलाई बिक्री गर्नेछ । ७० करोड चुक्ता पूँजी मध्ये कम्पनीले ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याएकोमा त्यसको १० प्रतिशत आयोजना प्रभावित दोलखाजिल्लाका सम्बन्धित गाउँ बिकास समितिका जनतामा बिक्री थालेको हो ।
आयोजना प्रभावित गौरीशंकर, खारे, लामाबगर, वराड, बुलुड र लादुक गाउँ बिकास समितिका जनताले प्रति ब्यक्ति ५० कित्ता देखि ५ हजार कित्तासम्म प्रति कित्ता एक सय रुपैयाँ बुझाएर सेयर माग गर्नसक्ने भएका छन् । यसरी निश्काशन गरिएको सेयर तीन बर्षसम्म बिक्री गर्न नपाईने ब्यवस्था छ ।
सेयरको आबेदन पत्र प्राप्ति तथा आबेदन बुझाउन सिप्रिड। खोला आयोजनाको कार्यालय, जगत र अरनिको डेभ्लपमेन्ट बैंकको कार्यालय सिंगटी तोकिएको छ । धितोपत्र निश्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।
१६ साउन २०७३, ११।००

 

वि.सं.२०७३ साउन १६ आइतवार ११:२९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...