back
NMB ad

अब सेयर खरिदमा बैंक तथा वित्तीय संस्थाले ऋण दिन नपाउने !

Kumari bank ad

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै एफपिओ ऋणमा कडाइ गरेको छ । यस निर्देशन अनुसार फरदर पब्लिक अफरिङ (एफपिओ) को सेयर खरीद गर्न बैंक तथा वित्तीय संस्थाले ऋण दिन नपाउने भएका छन् । यसअघि साधारण सेयर खरीद गर्न ऋण दिन नपाइने ब्यवस्था थियो ।

साधारण सेयरमा मात्र यस्तो कडाइ गरेको नेपाल बैंकले अहिले एफपिओमा पनि यस्तो निर्देशन दिएको हो । नेपाल इन्भेष्टमेन्ट बैंकले जारी गरेको एफपिओमा केही बैंकले ऋण लगानी गरेको भन्ने समाचार सार्वजनिक भएपछि राष्ट्र बैंकले यसमा कडाइ गरेको हो ।

सेयर बिक्रीका लागि आह्वान गरिएको सात दिनभित्र पनि सेयर बिक्री नभए आठौं दिनबाट भने ऋण लगानी दिन पाइने छ । तर आफ्नो सहायक कम्पनीको सेयरमा भने मूल कम्पनीले ऋण दिन पाइँदैन । अन्य बैंक तथा वित्तीय संस्थाले भने आठौं दिनबाट ऋण दिन पाउँछन् । आठौं दिनबाट पनि बैंकहरुले ५० प्रतिशत नगद मार्जिन राखेर मात्र ऋण दिनु पर्ने हुन्छ । यस्तो कर्जाको पुनर्संरचना र पुनर्तालीकीकरण गर्न पाइँदैन ।

१९ साउन २०७३, १०।००

वि.सं.२०७३ साउन १९ बुधवार ११:१७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...