back
NMB ad

अवैध रुपमा पन्ध्र करोडको भारतीय गुट्खा नेपाल भित्रियो !

Kumari bank ad
पर्सा । वीरगन्ज नाकाबाट बर्सेनि रु १५ करोडभन्दा बढीको भारतीय गुट्खा अवैध रुपमा भित्रिने गरेको छ ।

खुल्ला सिमानाका कारण भरियामार्फत सो गुट्खा भित्रिने गरेको छ । बिहार सरकारले राज्यमा गत अप्रिल महिनादेखि गुट्खाको उत्पादन, बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएपछि तस्करले उत्तर प्रदेशको लखनउ र गोरखपुरबाट गुट्खा र पान मसाला आयात गर्दै आएका छन् ।

वीरगन्जमा दैनिक रजनीगन्धा, राजनीवास, तुलसी र अन्य ब्राण्डका गुट्खा आयात हुने गरेको नेपाल राष्ट्रिय पान व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष लालबहादुर वरै बताउनुहुन्छ । वीरगन्जमा दैनिक रजनीगन्ध तुल्सी ५० किलो, राजनिवास एकसय किलो र अन्य गुट्खा करिब ५० किलोको परिमाणमा खपत हुने गरेको पाइएको छ ।

वीरगन्जमा गत आवमा राजस्व तिरेर रु ४३ हजार ४९ मूल्यको २० किलो भारतीय गुट्खा आयातकर्ताले भ्यिाएको भन्सार कार्यालय प्रमुख सेवन्तक पोखरेलले बताउनुभयो । अघिल्लो आवमा भारतीय गुट्खाबाट रु २८ हजार राजस्व सङ्कलन भएको थियो । भारतबाट एक किलो गुट्खा आयात गर्दा रु ३७५ अन्तःशुल्क, ३० प्रतिशत भन्सार महसुुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर ९भ्याट० गरी कुल रु एक हजार ४३३ राजस्व बुझाउनुपर्ने भन्सार कार्यालयले जनाएको छ ।

गत आवमा वीरगन्जबाट प्रहरीले रु एक करोड ७५ लाख मूल्यको अवैध भारतीय गुट्खा बरामद गरेको थियो । गत आवमा पानमण्डीबाट रु ७० लाख, रजतययन्ती र कुम्हाल टोलबाट रु ५५ लाख र आदर्शनगरबाट रु ५० लाख बराबरको भारतीय गुट्खा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशितः २०७३ साउन २१

वि.सं.२०७३ साउन २१ शुक्रवार १३:५२ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...